इलाम, १९ भदौः नेपाल निजामति युनियनको ३५ औं स्थापना दिवस आज इलाममा पनि मनाईएको छ । दिवसको अवसरमा युनियनको इलाम जिल्ला कार्यसमितिले इलाम नगरपालिका वडा नं. ५ मा रहेको गुरुकुल संस्कृत विद्याश्रम माध्यमिक विद्यालयलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको हो । खाना पकाउने राईसकुकुर, पानी राख्ने डिस्पेन्चर, पौष्टिक खाद्य सामाग्रीहरु उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा इलाम नगरकी उपप्रमुख विष्णुकुमारी लिम्बु दहाललले गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि आगामी नगरको बजेटमा सम्बोधन गरिने बताउनु भएको छ ।