१० मंसिर २०८३ ⛅ १८°C इलाम
🥇 सुन: रु. २,४१,४०० | 🥈 चाँदी: रु. ३,०४० | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

१२ औँ उद्योग दिवसमा इलामका ६ उद्यमी सम्मानित

सेयर:

इलाम। १२औँ उद्योग दिवसको अवसरमा इलामका विभिन्न क्षेत्रका ६ जना उत्कृष्ट उद्यमी सम्मानित भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजनामा तथा इलाम उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ इलाम र महिला उद्यमी संघ नेपाल इलामको समन्वयमा इलाम सदरमुकाममा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने नारासहित सम्पन्न कार्यक्रममा उद्यमीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

सम्मानित हुनेमा माई नगरपालिका–८ स्थित दाजुभाइ बंगुर फर्मका सबिन राई, देउमाई नगरपालिका–१ स्थित पौरखी डेरी उद्योगका घनश्याम खत्री, इलाम नगरपालिका–४ स्थित प्रनिषा आधुनिक कृषि तथा पशुपन्छीपालन फर्मकी सीतादेवी घिमिरे, इलाम नगरपालिका–५ स्थित धारापानी डेरी उद्योगकी दीपिका नेम्बाङ, सूर्योदय नगरपालिका–३ स्थित कञ्चन ललिपप उद्योगकी कुञ्जनी लामा बमजन र इलाम नगरपालिका–९ स्थित ए.एस. कृषि औजार उद्योगका अईन्द्र विक्रम सुनार रहेका छन्।

कार्यक्रमकी प्रमुख अतिथि इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बु दहालले सम्मानित उद्यमीहरूलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख उद्योग अधिकृत टंकप्रसाद प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला उद्यमी संघ नेपाल इलामकी अध्यक्ष रोमी पौडेल, घरेलु तथा साना उद्योग महासंघ इलामका अध्यक्ष कृष्णकुमार राई तथा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ (कृष्ण) पौडेलले मन्तव्य राख्नुभएको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।