Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

झापास्थित टिमाईको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य

ग्रीन इलाम ग्रीन इलाम
January 2, 2025
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
झापास्थित टिमाईको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य
Share on FacebookShare on Twitter

झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो । जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने गरेका छन् ।

बुद्धशान्ति–६ र ७ को दुई वटा गाउँ कोल्बुङ र रमिते गौडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न सहज बनोस् भनेर निर्माण गरिएको चार सय ७७ मिटर लामो डी आकारको झोलुङ्गे पुल कोशी प्रदेशकै लामो भएका कारण हेर्न, फोटो खिच्न र टिकटक बनाउन टाढादेखि पर्यटक आउन थालेका हुन् । वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले पुलमा नसोचेको सङ्ख्यामा पर्यटक आउन थालेका बताए ।
“वल्लो डाँडाबाट पल्लो डाँडासम्म फलामे लट्ठामा अडिएको झोलुङ्गे पुल हेर्दै पर्यटक रमाउने गरेका छन्,” वडाध्यक्ष भण्डारीले भने, “बर्ने, सुनमाई, चारआली र धुलाबारीको बाटो हुँदै पुल हेर्न आउने पर्यटक दिनहुँ बढिरहेका छन् ।” पर्यटकले यहाँ टिकटक बनाउने गरेका छन् । दैनिक तीन सयदेखि पाँच सय जना पुल हेर्न आउँदा झोलुङ्गे पुल बनेको वारिपारिको क्षेत्रमा पर्यटकीय चहलपहल बढेको छ । बिदाका दिन पाहुनाको सङ्ख्या दोब्बर हुने गरेको छ । पर्यटकको मागअनुसार स्थानीय बस्ती, सडक र पुलको छेउछाउ खाजा तथा नास्ता बिक्री गर्ने साना होटल खुलेका छन् । चटपटे, पानीपुरी र मौसमी फलफूल बेच्ने अस्थायी पसल ह्वात्तै बढेको र स्थानीयवासीको आम्दानीसमेत वृद्धि भएको वडाध्यक्ष भण्डारीले बताए । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाखको लागतमा पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर जयप्रसाद गुप्ताले बताए ।

झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असार २४ गते शिलान्यास गरेको सो पुलको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको हो । यसको उद्घाटन हुन बाँकी नै छ । यही पुस २५ गते झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए ।  झापा र इलामको सीमामा रहेको टिमाई नदी गहिरो गल्छीका कारण पहिल्यैदेखि चर्चित छ । त्यहाँ पर्यटकीय आकर्षणका लागि बन्जी जम्प सञ्चालन हुनुपर्ने माग छ । वनभोज खान र नजिकैको पर्यटकीय क्षेत्र धारागोला र ठुटेबर घुम्न जानेको सङ्ख्या पनि अत्यधिक छ । अहिले आँखाले भ्याएसम्मको लामो झोलुङ्गे पुलले पर्यटकहरुको ध्यान खिच्न सफल भएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ठाउँको नयाँ नामकरण गरेर पूर्वाधारहरु थप्ने पालिकाको योजना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईंले बताए।

“यति सजिलै, यति धेरै र यति छिट्टै पर्यटकको ओइरो लाग्ला भन्ने सोचिएको थिएन,” अध्यक्ष प्रसाईँले भने, “अब पुलको नयाँ नाम दिनुपर्ने खाँचो छ । उद्यान बनाएर पर्यटकलाई समय बिताउने सुविधाजनक संरचना निर्माणमा हामी लागिरहेका छौँ ।” हाल पुलको नाम ‘कोलबुङ्गे गौडा रमिते गौडा झोलुङ्गे पुल’ रहेको छ । पुल बनाउनुअघि स्थानीय गाउँलेको भाषामा गौडा जोडेर परियोजनाको नाम जुराइएको थियो । तर नाम लामो भएकाले पालिकाले नयाँ नाम दिन लागेको प्रसाईंले बताए। पुलको वडा नं ७ तर्फको किनारामा रु चार करोड ५० लाखको बजेटमा बुद्धशान्ति हरित उद्यान निर्माण कार्य अघि बढाइएको छ । पालिकाको पहल र सङ्घीय सरकारको बजेटमा सो उद्यान निर्माण थालिएको र त्यसबाट पुल हेर्न र घुम्न आउने पर्यटकका लागि समय बिताउने रमणीय स्थान बन्ने उनको भनाइ छ ।

पर्वतको कुश्मामा रहेको लामो झोलुङ्गे पुलमा झैँ पर्यटकको आकर्षण बुद्धशान्तिको झोलुङ्गे पुलमा देखिएको छ । पुलको केही किलोमिटर वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतको पहिल्यैदेखिका प्रख्यात पर्यटकीयस्थल रहेका कारण पुलमा आउने पर्यटक आगामी दिनमा झनै बढ्ने सम्भावना रहेको वडा नं ६ का अध्यक्ष शिवराज पौडेल बताउछन् । काठमाडौँको थानी/जगदम्बा जेभीले निर्माण गरेको उक्त झोलुङ्गे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ । स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनको शिलालेखमा पुलले एकपटकमा ६ सय ४७ पदयात्रीको भार थेग्ने क्षमता राख्ने उल्लेख छ । पर्यटकको भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ । पालिकाले पुलमा आउजाउ गर्ने पर्यटकको भीडको रेखदेख र अनुगमन गर्नका लागि सुरक्षागार्डको व्यवस्था मिलाउनुपर्ने झापाको कचनकबल–४ बाट पुल हेर्न आएकी १७ वर्षीया जसोदा राजवंशीले सुझाव दिइन् ।

ShareTweetPin
अघिल्लो समाचार

ताप्लेजुङमा चार हजार बालबालिकाको सित्तैमा मुटु जाँच

अर्को समाचार

झापामा धान उत्पादनमा बृद्धि, उत्पादकत्वमा भने कमी ❗️

अर्को समाचार
झापामा धान उत्पादनमा बृद्धि, उत्पादकत्वमा भने कमी ❗️

झापामा धान उत्पादनमा बृद्धि, उत्पादकत्वमा भने कमी ❗️

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.