Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अन्तर्वार्ता

गोली लागेर धेरैबेर छटपटाएपछि मेरैअगाडि रत्न बान्तवाको प्राण गयो

ग्रीन इलाम ग्रीन इलाम
April 19, 2022
भित्र अन्तर्वार्ता, अन्य, पत्रपत्रिकाबाट, मुख्य समाचार, राजनीति, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

पञ्चायतकालमा नेकपा (माले) ले गुमाएका सबैभन्दा वरिष्ठ नेता थिए– इलामका रत्नकुमार बान्तवा। माओ दिवस पारेर ११ पुस २०३५ मा गठन भएको नेकपा (माले) को संस्थापक केन्द्रीय सदस्य थिए बान्तवा। 

इलाम क्याम्पसमा प्राध्यापन गरिरहँदा पूर्णकालीन बनेर राजनीतिमा होमिएका बान्तवाको नेकपा (माले) गठन भएको चार महिना पुग्दानपुग्दै इलामको इभाङमा २७ चैत २०३५ मा प्रहरीले गोली हानी हत्या गरेको थियो। 

ताप्लेजुङ कार्यक्षेत्र तोकिएकी पार्टीकी कार्यकर्ता सुशीला श्रेष्ठ (हाल जनता समाजवादी पार्टीकी नेतृ) लाई ताप्लेजुङ लैजाने क्रममा सोही दिन बिहानै प्रहरीले इभाङको जंगलमा भएको आकस्मिक मुठभेडमा बान्तवाको हत्या गरेको थियो।   

रत्न–हत्याको प्रत्यक्षदर्शी बनेकी नेतृ श्रेष्ठ आफैँ पनि सो मुठभेडमा घाइते भएकी थिइन्। प्रहरी नियन्त्रणमै रहेका बेला उनी सोही दिन प्रहरी घेरा तोडेर भाग्न सफल भएकी थिइन्।

बान्तवाको हत्या कसरी भयो र श्रेष्ठ कसरी प्रहरीको कब्जाबाट उम्किइन्, उनकै शब्दमाः​

 

चैत २४ मेरो जीवनको अविष्मरणीय दिन हो। किनभने यसै दिन तत्कालीन नेकपा (माले) का केन्द्रीय सदस्य रत्नकुमार बान्तवालाई प्रहरीले इलामको इभाङमा गोली हानी हत्या गरेको थियो।

मलाई पार्टीले काठमाडौँबाट ताप्लेजुङको जिम्मेवारी दिएर पठाएको थियो। म बुर्जुवा शिक्षा बहिष्कार गर्दै ताप्लेजुङ जानका लागि इलाम पुगेकी थिएँ।

इलाममा मेरो सम्पर्क व्यक्ति रत्नकुमार बान्तवा नै हुुनुहुन्थ्यो। त्यो बेला उहाँको पार्टी नाम महेश थियो। इलाम पुग्नुभन्दा अगाडि उहाँसँग मेरो भेटघाट भएको थिएन।

१७ चैत २०३५ मा इभाङको एउटा घरमा उहाँसँग मेरो पहिलो भेट भयो। म अगम बान्तवाका साथ झापाबाट त्यहाँ पुगेकी थिएँ।

  • मदन भण्डारीका टिम लिडरको त्यो ‘शीर्ष शहादत’

म त्यहाँ पुग्दा रत्नकुमार बान्तवा आँगनमा बसेर डोको बुन्दै हुनुुहुन्थ्यो। अगम बान्तवा रत्नलाई नबोलाई जस्केलाबाट घरभित्र पस्नुभयो, म पनि उहाँ सँगसँगै पसेँ। रत्नपनि डोको बुन्न छोडेर भित्र आउनु भयो।

अगमले रत्नलाई ‘उहाँ नै हुनुहुन्छ महेश’ भनेर चिनाउनुभयो। रत्नले मसँग हात मिलाउनु भयो। माथि तलामा बस्न अनुरोध गर्नुभयो। हामी तलामा चढ्यौँ। त्यसपछि आफै किट्लीमा कालो चिया, थालमा मकै बोकेर आउनुभयो।

उहाँले भन्नुभयो, ‘ल इलामको कोसेली, खानुस्। सहरमा मिठो चिज खाइराख्नु भएको। गाउँमा आएर मकै–भटमास त रुच्दैन होला नि!’

हामी तत्काल ताप्लेजुङतर्फ लागेनौँ। उहाँले भन्नुभयो, ‘ताप्लेजुङ पुग्न लामो समय लाग्छ। पार्टीका अरु धेरै काम गर्नुपर्ने छ। त्यसैले इलामको कामलाई अलि व्यवस्थित गरेर जाउँला।’

केही दिन उहाँ स्थानीय काममा लाग्नुभयो। उहाँसँग त्यसबीचमा पनि भेट भइरह्यो।

सुखानीमा २०२९ मा हत्या भएका पाँच जना योद्धाहरुको स्मृतिमा नेकपा (माले) ले २१ फागुनलाई सहिद दिवस मनाउँदै आएको थियो। पाँच योद्धाको हत्यापछि प्रहरी प्रशासनले कम्युनिस्टलाई सखाप पार्यौँ भनिरहेको थियो।

त्यो भ्रम चिर्न पार्टीले त्यो साल (२०३५) पनि पर्चा छर्ने भएको थियो। पर्चा छरिसकेपछि पञ्चायती सत्ताले ‘कम्युनिस्टहरु त जिउँदै रहेछन्, यिनीहरुलाई पक्रनु पर्छ’ भन्ने योजना बनायो। पर्चा छरिएका स्थानहरुमा दमन सुरु भयो।

त्यो बेला म झापामा थिएँ। झापामा पनि ठूलो दमन भयो।

इलाममा पनि पर्चा बाँडिएको थियो। इलाममा रत्नकुमार बान्तवालाई नै केन्द्रित गरेर दमन सुरु गरिएको कुरा मैले त्यहाँ पुगेपछि जानकारी पाएँ।

पूर्णकालीन कार्यकर्ता बनेर भूमिगत हुनुअघि उहाँ इलाम क्याम्पसमा पढाउनु हुन्थ्यो। उहाँ विद्यार्थीहरुमाझ प्यारो हुनुहुन्थ्यो। जनताको बीचमा पनि उहाँ स्थापित हुनुहुन्थ्यो।

त्यसैले उहाँ अर्धभूमिगत अवस्थामा पार्टीको काम गरिरहनु भएको थियो। उहाँको गाउँ इलामको चमैता भए पनि उहाँ इभाङमा अर्धभूमिगत अवस्थामा काम गरिरहनु भएको थियो।

हामी बसेको सेल्टर जंगलको नजिकै थियो। २७ चैतको दिन बिहानै हामी त्यो घरबाट निस्केर ताप्लेजुङतिर हिँड्यौँ। ताप्लेजुङ जाने टोलीमा रत्न, राममाया राई र म थियौँ।

बाटोमा जंगल पर्थ्यो। हामी जंगलको मुखमा पस्यौँ।

हामी घरबाट हिँडेको १० मिनेट पनि भएको थिएन। बाटोमा लामो घोचा बोकेका मान्छेको हुलसँग हाम्रो जम्काभेट भयो। हामी त्यो हुलको बीचमा पस्यौँ।

मलाई लाग्छ, हामी त्यो गाउँमा रहेको जानकारी पाएर प्रहरीहरु घेरा हाल्न बिहानै आएका थिए। तर, उनीहरुसँग बाटैमा झिसमिसेमै हाम्रो जम्काभेट भयो।

हुलमा पसिकेपछि एकजना मानिसले रत्नकुमार बान्तवालाई आफ्नो औँलाले देखायो। सायद त्यो व्यक्ति प्रहरीको इन्सपेक्टर वा सब–इन्सपेक्टर कोही थियो होला। तर, ऊ सादा पोसाकमा थियो।

त्यसपछि त्यो मान्छेले हाम्रो बाटो छेक्यो। यो कुरा देखेपछि मैले रत्नलाई पछाडिबाट कोट्ट्याएँ। मैले कोट्ट्याएपछि उहाँले दाहिने हातले इसारा गर्दै ‘छिटो जाऊँ’ भन्नुभयो।

सायद उहाँले सबै मान्छेहरु चिन्नुहुन्थ्यो होला। मैले त कोही पनि चिन्दिनथेँ। मिर्मिरे उज्यालो भएकाले पनि टाढाबाट मान्छेहरु चिन्न सकिने स्थिति थिएन।

उनीहरुले पहिले घेरा हाले, घेरा हालेपछि पछाडिबाट रत्नको हात समाए। हात समाएपछि रत्नले हात फुस्काउन बल गर्नुभयो। उहाँले हात फुस्काउन बल गर्नुभएपछि मैले सघाउनुपर्छ भन्ने मलाई लाग्यो।

उकाली–ओराली गर्नुपर्ने भएकाले हामी लौरो टेक्थ्यौँ। मसँग पनि लौरो थियो। जसले उहाँको हात समाएको थियो, मसँग रहेको लौरोले त्यो मान्छेलाई जोडले हिर्काएँ।

हिर्काएपछि उहाँको हात खुस्कियो। हात खुस्किएपछि उहाँ तल झर्नुभयो। तर, उनीहरुले मलाई लठ्ठीले हाने। लाठीचार्ज जस्तो स्थिति भयो। म ढलेँ। मेरो टाउकोबाट रगत आउन थाल्यो।

त्यहीबेला गोली पड्कियो। गोली मलाई पनि हानेको थियो। तर, म ढलेकाले गोली रत्नको हात समाउने मानिसलाई लाग्यो। सायद त्यो पुलिस थियो।

पुलिसले समाएको हात फुस्किएपछि रत्न अगाडि पुगिसक्नुभएको थियो। गोली लागिसकेपछि उहाँ फेरि उफ्रेर मेरो अगाडि आएर लड्नुभयो। लडेपछि के भयो, मलाई थाहा छैन। म निकैबेरपछि होसमा आएँ।

होसमा आउँदा मेरो हात बाँधिएको थियो। मसँग रहेको झोला उनीहरुले लगिसकेका थिए।

मेरो अगाडि घाइते रत्नकुमार बान्तवा छटपटाइरहनु भएको थियो।  उहाँ बेला–बेला हात उठाउने कोसिस गर्नुहुन्थ्यो। उहाँको मुख एकदमसँग चलिरहेको थियो। उहाँको चलिरहेको मुख म हेर्न सक्थेँ। तर केही पनि आवाज सुन्न सक्दैनथेँ।

मैले उहाँलाई हेरिरहेँ। उहाँको सपना साकार पार्ने प्रण गर्नुबाहेक मसँग अरु बाँकी त्यो बेला केही थिएन।

रत्न ढलेपछि प्रहरीहरुले मलाई हान्दा गोली लागेर घाइते भएको पुलिसलाई बचाउनतिर लागेछन्। मेरो ओढ्नेले छोपेर तुरुन्तै लगिसकेका थिए।

धेरै बेरसम्म छटपटाएपछि मेरै अगाडि रत्नकुमार बान्तवाको प्राण गयो।

रत्नको प्राण जानुअघि प्रहरीहरु एकदम सतर्क थिए। ‘कम्युनिस्टको सबैभन्दा ठूलो नेताको हत्या गरेका छौँ, अब उनीहरु आक्रमण गर्न आउँछन्, लास खोज्न आउँछन्’ भन्ने भएर होला, उनीहरु एकदम धेरै डराएका पनि थिए।

घटनास्थलभन्दा तल एउटा खोल्सा रहेछ। रत्नको लास उनीहरुले त्यही खोल्सामा लगे, स्याउलाले पुरेर लास लुकाए।

त्यसपछि मसँग सोधपुछ गरे। मैले उनीहरुलाई केही पनि बताइनँ।

आफूहरुमाथि आक्रमण नहुने स्थिति बुझेपछि उनीहरु हामी सेल्टर लिएको घरमा पनि गएछन्। यो कुरा मैले पछि थाहा पाएँ। तर, त्यहाँ भएका सामग्रीहरु साथीहरुले पहिले नै सुरक्षित गरिसक्नु भएको थियो।

उनीहरुले जति सामग्री फेला पारे, रत्न र मेरो झोलाबाट फेला पारेका हुन्। मेरो झोलामा पार्टीका चिठीहरु मात्र थिए। चिठीहरु ‘कोड’ भाषामा थिए। मेरो परिचयपत्र पनि त्यहीँ थियो।

ती चिठीहरु पढेपछि उनीहरुले मलाई विभिन्न प्रश्न सोधे। तिमीहरुको ‘पार्टी अफिस कहाँ छ, तिमीहरुको सेना कहाँ छ?’ भनेर सोधेका थिए।

तर मैले केही बताइनँ। मलाई थाहा पनि थिएन। काठमाडौँबाट गएको मान्छे, त्यहाँ कोही चिन्दा पनि चिन्दैनथेँ।

रत्नकुमार बान्तवालाई ‘महेश’ भनेर चिन्थेँ। अगम बान्तवालाई ‘अरुण’ भनेर चिन्थेँ। उहाँहरु दुई जनाभन्दा अरुलाई मैले खासै चिन्दैनथेँ।

त्यसपछि उनीहरुले मेरो झोलामा भएका लुगाहरु निकाले। लठ्ठी काटेर, त्यसलाई डोली बनाएर मेरो कपडाले रत्नको शवलाई बाँधेर बोकेर हिँडे। मलाई पछि–पछि हिँडाए।

म घाइते थिएँ, भाग्न सक्ने परिस्थिति थिएन।

उनीहरुसँग डेटोल रहेछ, ‘रगत धेरै नबगोस्, हिँडोस्’ भनेर टाउकोमा लगाइदिए।

त्यहाँबाट झरेर देउमाई खोला तरियो। खोला तरेपछि वडाध्यक्षको घरमा खानेकुराको व्यवस्था गरेको रहेछ। मलाई त्यहाँ लगे। रत्न बान्तवाको शव घरमा लगेनन्, माथि चौतारामा राखे।

मलाई तल घरमा लगे। त्यहाँ लगेपछि खाना खानका लागि भने। उनीहरुले जाँड खाए। मलाई पनि ‘खा’ भन्दैथिए, मैले खाइनँ।

चैतको महिना भएकाले एकदम गर्मी थियो। रातिराति हिँडेर आएकाले थाकेका पनि थिए होलान्। उनीहरुले आफ्नो बन्दुक राखे, बर्दी खोले। उनीहरु निष्क्रिय जस्तै अवस्थामा रहे।

मलाई लाग्यो, ‘उनीहरु निष्क्रिय भएको बेलामा म भाग्नुपर्छ। र, जनताको बीचमा गएर संगठित गर्नुपर्छ र यो हत्याको बदला लिनुपर्छ।’

म उठेर हिँड्न खोजेँ। उनीहरुले ‘कहाँ जाने?’ भनेर सोधे।

एउटा प्रहरीले भन्यो, ‘दिशा–पिसाब गर्न जाने होला, जा!’

म जंगलतिर लागेँ। नजिकै खोल्सो थियो। खोल्सो अलिक गहिरै थियो। म खोल्साभित्र पसेँ।

पुलिसहरु पछिपछि आउँदै थिए। मैले भनेँ, ‘तिमीहरुलाई दिशा गरेको हेर्न मन लाग्छ? कि दिशा खान्छौ? हुन त तिमीहरुलाई त जनताले कुकुरै भन्छन्।’

त्यसो भनेपछि त्यो पुलिस माथि नै अडियो। म तल झरेँ।

खोल्साखोल्सै जाने सोचेको थिएँ, नसकिने स्थिति रहेछ। ठूलो छाँगो जस्तो रहेछ। त्यहाँबाट चढ्न पनि नसकिने, हाम्फाल्न पनि नसकिने रहेछ।

म पारिपट्टि निस्केँ। पारि पुगेपछि पुलिसले मलाई देख्यो।

उसले ‘भागी’ भनेर करायो। ऊ कराएपछि ‘पटटट’ गोली चल्यो।

गोली चल्न थालेपछि म ओरालो झरेँ।

त्यो सबै सल्लाघारीको जंगल भएकाले सल्र्याङ–सल्र्याङ पात झथ्र्याे। म घाइते थिएँ। मेरो शरीरबाट धेरै रगत बगेको थियो। त्यसैले, तल झर्दापनि स्याँ–स्याँ भयो। कुद्ने–भाग्ने हिम्मतै भएन।

एउटा खोल्सो खोजेर म सुरक्षित बसेँ।

मैले हरियो साडी लगाएको थिएँ। हरियो साडी भएकाले रुख–पातजस्तै देखिनुपर्छ भन्ने लाग्यो। त्यसैले, नजिकै रहेको रुखको पोथ्रालाई नुगाएर आफूलाई छोपेँ।

पुलिसहरु खोज्दै आए। यतापट्टिबाट सल्र्याङ–सल्र्याङ आवाज आयो भने म त्यतैपट्टिको भित्तामा टासिन्थेँ। उताबाट यस्तो आवाज आयो भने त्यतैतिर टासिन्थेँ। उनीहरु खोज्दै आएको आवाज सुन्थेँ।

मैले उनीहरुलाई देखेँ। उनीहरुले मलाई देखेनन्। मलाई रुखको त्यो पोथ्राले बचाउन मद्दत गर्यो।

पछि त्यो सल्र्याङ–सल्र्याङ आवाज हरायो। केही बेरपछि ‘पटटट’ गरेको आवाज आयो।

‘के को आवाज आएछ’ भनेर म खोल्साबाट डाँडामा निस्केँ। जंगलमा आगो पो लगाएका रहेछन्।

पुलिसबाट बचेर त भागेँ। अब आगोबाट कसरी बच्ने भन्ने अर्काे चुनौती थपियो।

जंगलबाट निस्केर बिहान निस्केको घरमा मेरो पुग्ने योजना थियो। तर जंगलमा आगो लागेकाले यो योजना विफल हुने भयो।

म ओरालो झरेँ। ओरालो झर्दा पर देउमाईको किनारमा मानिसहरु सलबलाई रहेको देखेँ।

दुवैतिर ठूलो जंगल थियो। उनीहरु दुवैतिर आगो लगाउँदै हिँडिरहेका थिए। आगो जोडिन नपाएको खोल्सीबाट म खोलामा झरेँ।

खोलामा म फेरि ढुङ्गाको कापमा लुकेर बसेँ।

अँधेरो भएपछि उनीहरुको चहलपहल घट्यो। त्यसपछि म जुन घरबाट निस्केर हिँडेको थिएँ, त्यही घरमा पुग्छु भनेर फेरि हिडेँ।

तर, म पर्सिपल्ट मात्र त्यो घरमा पुग्न सकेँ।​

 

​२७ चैतमा रत्न, राममाया र म सँगसँगै छाडेको त्यो घर सुनसान थियो। एकजना महिला दुधेरो बोकेर दूध लिन जान लाग्नु भएको रहेछ।

उहाँलाई हामी ‘ज्योति’ भन्थ्यौँ। उहाँलाई ‘ज्योति कमरेड, ज्योति कमरेड’ भनेर बोलाएँ।

उहाँ फर्केर आउनुभयो। मेरो सबै लुगा फेरिदिएर नयाँ लगाइदिनुभयो।

उहाँले भन्नुभयो, ‘तपाईं उम्किनु भएको छ भन्ने कुरा हामीले थाहा पायौँ, तपाईंलाई खोज्न साथीहरु सबै गाउँभरि छरिनु भएको छ। यो यो घर निगरानीमा छ। तपाईं यहाँ सुरक्षित हुनुहुन्न। तपाईं आजको दिन जंगलमा नै बस्नुस्।’

उहाँले मलाई जंगलमा लैजानुभयो। उहाँले भन्नुभयो, ‘म राति आउँछु। म संकेत गर्छु। मैले संकेत गरेपछि आउनु होला।’

उहाँले भन्नुभएको संकेत ताली थियो। ‘म तीनचोटि ताली बजाउँछु, अनि तपाईं बाहिर निस्कनु होला’ भन्नुभयो। म दिनभरि जंगलमा नै बसेँ।

उहाँ राति ९ बजेतिर आउनुभयो। म उहाँसँगै गएँ।

हामी पुगेको घरमा साथीहरु भेला हुनुभएको थियो। अलिकति तातो भात खाएँ।

उहाँहरुले कुखुरा काटेर त्यसको सुप बनाउनु भएको रहेछ। त्यसले जिउ दुखेको ठिक गर्छ भन्ने मान्यता रहेछ। त्यही सुप खाएँ।

उहाँहरुले त्यहाँबाट पनि अन्तै लैजानुभयो।

भोलिपल्ट उज्यालो हुनुअघि हामी इभाङकै अर्काे डाँडोमा पुग्यौँ।

त्यहाँ साथीहरुले मेरो स्थानीय तरिकाले उपचार गर्नुभयो। राडीको रौँ डढाएर खरानी बनाई त्यसमा घ्यु र नौनीसँग दलेर मेरो टाउकोको घाउमा लगाइदिनुभयो।

यी सबै गतिविधिहरु स्थानीय मानिसहरुले थाहा पाएको अनुभव भएकाले मैले ‘यो सेल्टर छोडौँ, राति यहाँ नबसौँ’ भनेँ। साथीहरुले   मान्नु भएन। मैले अस्वीकार गर्दागर्दै पनि त्यो घरमा बस्नुपर्ने स्थिति बन्यो। स्थानीय नेतृत्वलाई मान्नैपथ्र्याे। हामी त्यहीँ बस्यौँ।

त्यहीँ बस्यौँ। तर, उज्यालो हुन नपाउँदै प्रहरी आइपुग्यो।

बिहानै ट्वाइलेट जाँदा त्यो घरका महिलाहरुले प्रहरीले घर घेरा हालेको देख्नुभएछ। उहाँले ‘पुलिस छ’ भनेर हल्ला गर्नुभयो।

हल्ला गरेपछि उहाँ पक्राउ पर्नुभयो। उहाँलाई प्रहरीले घरभित्र पस्न दिएन। सेल्टरदाता साथी के भएको रहेछ भनेर निस्कँदा उहाँ पनि पक्राउ पर्नुभयो। उहाँहरुलाई प्रहरीले यातना दिँदै घरमा को–को छ भनेर सोध्न थाल्यो।

त्यो घरमा परिवारका बाहेक हामी तीनजना थियौँ– अगम बान्तवा, लक्ष्मी बान्तवा (रत्न बान्तवाकी बहिनी) र म।

हामीसँग उपाय थिएन। हामी बुइँगलमा बस्यौँ। हामीसँग बन्दुक थियो, भाला थियो। यी सामान हामीले माथि बुइँगलमा लग्यौँ।

अन्तिममा प्रहरी घरवाला साथीलाई लिएर माथिल्लो तलामा आयो।

पुलिसहरु आए भने साथमा रहेको भालाले हान्ने, बन्दुक पड्काउने हाम्रो योजना थियो।

त्यसैअनुसार हामीले भाला प्रयोग गर्यौँ। एउटा पुलिसको निधारमा लाग्यो। उनीहरु पछि हटे। त्यो घरका साथीहरुलाई झन् धेरै पिट्न थाले। हामीलाई पनि ‘झर्, झर्’ भन्न थाले।

यस्तोमा हामीले केही त गर्नुपथ्र्याे। ‘फायरिङ गर्नुपर्छ’ भन्ने भयो। हामीले फायरिङ गर्यौँ।

फायरिङ गरेपछि उनीहरु गड्याङ–गुडुङ गर्दै तल झरे। घर घेरा हालेका पुलिसहरु पनि ‘के भयो’ भन्दै हेर्न आँगनतिर आए। त्यही मौकामा हामी जस्केलाबाट जंगलतिर लाग्यौँ।

त्यसपछि उनीहरुले हरेक जंगल डढाए, हरेक घरमा खानतलासी लिए। हामी कहीँपनि बास बस्न सक्ने स्थिति भएन। हामी दिनभरि जंगलमा बस्थ्यौँ। घाँस–दाउरा गर्ने बहानामा डोकोमा हालेर गाउँलेहरुले खानेकुरा ल्याइदिन्थे।

यसरी करिब एक महिना म इलाममा रहेँ। यति कडा दमन थियो कि कुनै घरमा बास पाउने स्थिति बनेन। ताप्लेजुङ जाने स्थिति पनि बनेन।

पार्टीसँग सम्पर्क गर्नुपर्छ र दमनलाई चिर्नु पनि पर्छ भन्ने भएपछि हामी देउमाइको किनारै किनार, खोलाको गड्तिरै–गड्तिर झापा झर्यौँ। र, पार्टीसँग सम्पर्क गर्यौँ।

 

Original Link:

https://nepalkhabar.com/magazine/126400-2022-4-10-22-46-46

ShareTweetPin
अघिल्लो समाचार

सुवास नेम्वाङ फुटबल टोलीको कप्तान थिए, छोरा सुहाङले क्लब नै किनेर थाले व्यवसाय

अर्को समाचार

आठौं आर्या मेमोरियल अवार्ड चार जनालाई

अर्को समाचार

आठौं आर्या मेमोरियल अवार्ड चार जनालाई

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.