Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह खेलकुद

सुवास नेम्वाङ फुटबल टोलीको कप्तान थिए, छोरा सुहाङले क्लब नै किनेर थाले व्यवसाय

ग्रीन इलाम ग्रीन इलाम
March 13, 2022
भित्र खेलकुद, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २९ फागुन: बुबा सुवासचन्द्र नेम्वाङले जमानामा राम्रो फुटबल खेल्ने गरेको सुहाङले सानैदेखि सुन्दै आएका थिए। कलेजमा हुँदा टोलीको कप्तान नै रहेका सुवासले पनि छोरालाई बेलाबेलामा आफ्नो समयको खेलकुदका किस्सा सुनाउने गर्थे।
बुबाले सुनाउने यस्तै प्रसंगहरुबाट सुहाङमा खेलकुदप्रति चासो जाग्न थालेको थियो। र, खेलप्रति उनको खास रुचि भने ग्यालेक्सी पब्लिक स्कुलमा बिजारोपण भयो। जहाँ उनी स्कुलस्तरीय प्रतियोगितामा सहभागी हुन थाले।
फुटबलमा रुचि भएपनि करिअर भने सुहाङले कानुनमै रोजे। कारण, पूर्वसभामुख समेत रहेका बुबा सुवास आफैँ अधिवक्ता थिए। बुबाले घरमा तमाम कानुनका किताब पल्टाएको उनी देख्दै आएका थिए। उनी बुबालाई पछ्याउँदै उनको ल फर्मसम्म पनि पुग्थे।
नेम्वाङ परिवारको आर्थिक अवस्था पहिलेदेखि नै बलियो थियो। नगद धेरै नभएपनि पुर्ख्यौली जग्गाजमिन प्रशस्त थिए। राजनीतिमा लागेर सादगीयुक्त छवि बनाएका सुवासले व्यवसायका कुरा कहिल्यै गरेनन्।​​
आमा भने केही फाट्टफुट्ट व्यवसायमा संग्लन थिइन्। सुहाङलाई त्यो कुराको अभाव खड्किरहेको थियो। त्यसपछि उनले आफ्नो ल फर्म खोले।
‘जब आफ्नो आर्थिक अवस्था बलियो हुन्छ त्यो बेला मान्छेले कहिल्यै पनि गलत काम गर्दैन,’ छुट्टै ल फर्म खोल्नुको कारणबाहेक सुहाङले भने, ‘आफू टिक्न पनि आर्थिक रुपमा बलियो हुनुपर्छ। यो आर्थिक युद्धको समय हो। आर्थिक रुपमा बलियो भयो भने जोसँग पनि लड्न सकिन्छ। त्यहीकारण बिजनेस गर्नुपर्छ भन्ने लाग्यो।’
अनामनगरमा रहेको सुहाङको ल फर्मले मात्रै उनको व्यवसायी बन्ने धोको पुरा गरेको थिएन। उनी अन्य लगानीका सम्भावना खोजिरहेका थिए। त्यहीबेला चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट म्यानेजमेन्टले नेपाल सुपर लिग नामक फुटबल प्रतियोगिता घोषणा गर्यो।​इंग्लिस क्लब लिभरपुलका ‘डाईहार्ड’ फ्यान सुहाङले त्यसबेलै फुटबलमा बिजनेस देखिसकेका थिए। विश्वका चर्चित क्लबहरुको आम्दानी, विश्वभरको फ्यान फलोइङ, फुटबलले पार्ने प्रभावलगायत विषयमा उनलाई राम्रो जानकारी थियो। सोही बुझेका उनले गतवर्ष सुपर लिगको पहिलो संस्करणमै टिम खरिद गर्न चाहेका थिए। तर उनी आयोजकको सम्पर्कमा पुग्दा ढिलो भइसकेको थियो। ७ सहरका ७ फ्रेन्चाइजीहरुले आ–आफ्नो क्लब लिइसकेका थिए।
नेपाल खबरबाट

ShareTweetPin
अघिल्लो समाचार

भाइरस फैल्याएको आरोपमा चिनियाँ पक्राउ

अर्को समाचार

गोली लागेर धेरैबेर छटपटाएपछि मेरैअगाडि रत्न बान्तवाको प्राण गयो

अर्को समाचार

गोली लागेर धेरैबेर छटपटाएपछि मेरैअगाडि रत्न बान्तवाको प्राण गयो

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.