इलाम, १२ वैशाखः इलाम जिल्लाको पुर्वोत्तर क्षेत्रहरुमा भोलि शनिबार दिउसोभर विद्युत सेवा विहिन हुने भएको छ । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले एक सूचना प्रकाशित गर्दै वैशाख १३ गते शनिबार नेपाल विद्युत प्राधिकरण, इलाम वितरण केन्द्र अन्र्तगत इलाम नगरपालिका वडा नं. २ र ३, सन्दकपुर गाउँपालिकाको सम्पूर्ण क्षेत्रहरु तथा माईजोगमाई गाउँपालिकाको आंशिक क्षेत्रहरुमा ११ के.भी. र ३३ के.भी. लाईनको मर्मत, बुस कटिङ र पेट्रोलिङ गर्ने कार्य भएको हुँदा बिहान ८ बजेदेखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।