Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

यस्तो सम्म हुदैछ इलाममा खोपको दुरूपयोग

विद्यालयकै सिफारिसमा गैरशिक्षकलाई खोप

ग्रीन इलाम ग्रीन इलाम
July 27, 2021
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १२ साउन:

कोरोना भाइरसविरुद्धको भेरोसेल खोप मापदण्डबाहेकका व्यक्तिले समेत लगाएको पाइएको छ। शिक्षक नै नभएका व्यक्तिसमेतले विद्यालयकै सिफारिसमा खोप लगाएको पाइएको हो।

इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठले मंगलबार इलामको इलाम नगरपालिका–७ को सिटी हल खोप केन्द्रमा खोप लगाएका छन्। प्रधानाध्यापक पौडेलकै हस्ताक्षर, छाप र विद्यालयको छापसमेत रहेको दुवैजनाको फरक–फरक सिफारिस पत्रमा ‘निजी स्रोत शिक्षक’ उल्लेख छ। तर, उनीहरू दुवै विद्यालयका शिक्षिका होइनन्। र, विद्यालयले यसअघि स्वास्थ्य कार्यालयलाई पठाएको खोप लगाउने ५२ शिक्षक/कर्मचारीको सूचीमा उनीहरू दुवैजनाको नाम उल्लेख छैन।

स्वास्थ्य कार्यालयको तालिकाअनुसार मंगलबार ५५ वर्षभन्दा माथिका नागरिकले मात्र खोप लगाउनुपर्ने हो। दिउँसो ३ बजेसम्म मात्र नाम टिपाएर खोप लगाउने गरिएकामा आदर्श माविका केही शिक्षक समय बितेपछि खोप केन्द्र प्रवेश गरेका थिए। ‘स्कुलको बकाइदा सिफारिस पत्र देखाएपछि हामीले खोप लगाइदियौं,’ एक स्वास्थ्य कार्यकर्ताले सुनाए, ‘यहींका एक जनप्रतिनिधि समेतले उनीहरूलाई खोप लगाउन भनेपछि नलगाउने पनि कुरा भएन।’

आदर्श माविका प्रधानाध्यापक पौडेलले हतारमा ‘गल्ती’ भएको स्वीकारे। तर, उनले दुवैजना विद्यालयको ‘स्वयंसेवक शिक्षक’ भएको दाबी गर्न खोजे। ‘उहाँहरू दुवैजना कहिलेकाहीं स्कुल आएर पढाउँनुहुन्छ, तलब चाहिँ दिँदैनौं,’ पौडेलले संचारकर्मीसँग भने, ‘तर, सिफारिसको कुरामा हतारमा गल्ती भएछ।’ प्रअ पौडेलले स्वयंसेवक शिक्षकको दाबी गरेपनि दुवै महिलालाई विद्यालयले नियुक्ति दिएको छैन। न त विद्यालय व्यवस्थापन समितिले उनीहरूलाई स्वयंसेवक शिक्षक राख्ने निर्णय नै गरेको छ।

इलाम नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले गलत सिफारिस गरेर कसैले खोप लगाए लक्षित समूहलाई नै अपुग हुने बताइन्। ‘कसैले पनि गलत सिफारिस गरेमा अनुमान गरिएको खोपले नपुग्ने हुन्छ,’ उनले भनिन्, ‘निश्चित संख्या तोकेर आएको खोप तोकिएकै समूहलाई लगाइसक्नुपर्छ, अनिमात्र अरूको पालो आउँछ।’ सिटीहल खोप केन्द्रमा मंगलबारसम्म साढे ६ सयभन्दा बढीले भेरोसेल खोप लगाएको नगरले जनाएको छ।

सरकारले भेरोसेल खोप दिन पाउने सेवाग्राहीको लक्षित समूह तोकेको छ। तोकिएको मापदण्डअनुसार ५५ वर्ष र त्यसभन्दा माथिका पहिलो मात्रा लगाउन बाँकी नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक एवं सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई मापदण्डमा राखेको छ।

(नागरिक न्युजबाट)

ShareTweetPin
अघिल्लो समाचार

आज मङ्गल चौथी भगवान् गणेशको विशेष पूजा आराधना गरी मनाइदै

अर्को समाचार

“माड्साबको मास्टर माइन्ड”

अर्को समाचार

"माड्साबको मास्टर माइन्ड”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.