साउन ६, इलाम : इलाममा आज थपिएका २ पुरुष संक्रमितसँगै समुदायस्तरमा कोरोना फैलिएको छ भने इलाममा कोरोना दोश्रो चरणमा प्रवेश गरेकोे छ । क्वारेन्टाइनमा रहेको एक जना र क्वारेन्टाइनमा सहयोग गर्ने अर्काे एक जनालाई कोरोना संक्रमण भएको हो । क्वारेन्टाइनमा बसिरहेकाहरुले हामीलाई सम्पर्क गरि क्वारेन्टाइनको राम्रो व्यवस्था नभएको कारण इलामकै क्वारेन्टाइनबाट कोेरोना सरेको आरोप लगाएका छन् । ४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोर्ट पोजेटिभ आएको होे । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको थियो । हाल इलाममा संक्रमितको संख्या २६ पुगेको छ । संक्रमित मध्ये २२ जना पुरुष र ४ जना महिला रहेका छन । संक्रमित दुवैजनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा लागिएको छ । संक्रमित १२ जना निको भएर घर फर्किएका छन ।