इलाम, १ जेठः बिहीबार बसेको गृह मन्त्रालयको बैठकले जिल्ला भित्र सवारी साधन चल्न दिने पास खारेज गर्ने निणर्य गरेको छ । बैठकले शनिबारदेखि जिल्ला भित्र लागु हुने गरी सम्बन्धित प्रशासन कार्यालयले वितरण गरेको सवारी पास खारेज गर्ने निणर्य गरेको हो । आजैबाट एक जिल्लाबाट अर्को जिल्ला आवत जावत गर्ने सवारी साधनको पास खारेज भएको छ । यससँगै सरकार अब लकडाउनलाई पुर्ण कडाइ गर्न अग्रसर भएको जानकारहरु बताउँछन् ।