इलाम, १२ साउनःसिभिल बैंकले इलामको सूर्योदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरे । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं। १ का प्रमुख राजेश ढकाल लगायतको उपस्थिति थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरूले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरू सजिलैसँग गर्न सक्नेछन् ।
सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरू स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९९ एटीएम रहेका छन् । बैंकले गत असार मसान्तसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।