इलाम, ११ माघः पुवाखोला-१ हाईड्रो पावर लिमिटेडले रु.१००।० मुल्यको १९ लाख ४६ हजार ६६० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले आईपीओ निष्काशनको लागि लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।
पुवाखोला-१ हाइड्रो पावरले इलामको पुवाखोलामा ४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी संचालन गरिहेको छ ।