निषेधाज्ञाको असर चियातर्फ खासै नपरेको प्रवक्ता खनाल बताउँछन् । दैनिक जसो भारत तथा भारत हुँदै जाने तेस्रो मुलुकमा पनि खासै असर नभएको उनको भनाइ छ । त्यस बाहेकका देशमा भने निर्यातमा रोक रहेको छ । विशेष गरेर भारतमा जाने गरेको कारण निर्यातमा कमी नभएको भन्न मिल्ने प्रवक्ता खनाल बताउँछन् । भन्छन्, ‘वर्तमान परिस्थितिमा सुरक्षाका मापदण्ड अपनाइ चिया निर्यात भइरहेका छन् । ’ उत्पादन तथा प्रशोधनमा पनि सुरक्षाका मापदण्ड अपनाए निषेधाज्ञा पुर्व जसरी नै काम भइरहेको उनले जानकारी दिए ।
पहिलो कोरोनाकाल : चियाको मुल्य वृद्धिका लागि ऐतिहासिक अवसर
पछिल्लो कोभिडको कारण कुनै खालको नाटकिय थप वा घट पनि भएको छैन । यद्यपि, अघिल्लो वर्षको कोभिडमा भने चिया निर्यात आकासिएको थियो ।उनले उक्त समय, चियाको भाउ दोब्बर कै मुल्यमा पुग नपुग वृद्धि भएको जानकारी हलोखबरलाई दिए । निर्यात बढ्नुको एक मात्र कारण गत वर्षको कोरोनाकालमा भारत सहित अन्य मुलुकले चियाको डिमाण्ड बढी गरे । डिमाण्ड बढी रहँदा बोर्डले साविक मुल्यमा वृद्धि गरी बेच्ने निर्णय गरेको थियो । जसलाई आपुर्तिकर्ता देशले स्वीकारेको थियो ।
चियाको मुल्य बढेसँगै उद्योगहरूले स्टकमा राखेका चिया पठाउन थाले । सोही कारण चिया निर्यात बढेको खुला प्रवक्ता खनालले गरे । उत्पादनका कारण नभई मुल्य वृद्धिको कारण निर्यातमा रफ्तार आएको उनले बताए । ‘पहिलो हामी मुल्य खासै आउँदैन भने, बर चियालाई स्टक मै राख्थ्र्यो । राम्रो मुल्य पाउनु बित्तिकै स्टकमा रहेका चियालाई पनि पठायौँ । अर्थात, चिया उत्पादनको ‘भोल्युममा’ नभई चियाको भ्यालु (रकम) बढेर निर्यात बढेको थियो । ’
पहिलो कोरोनाकालमा तयारी सि.टि.सी चिया, दुई सयदेखि साँढे दुई सय पर्ने चिया निर्यातका लागि साँढे तीन सयको मुल्यसम्म बढाइएको थियो । त्यस्तै, ६ देखि सात सय ब्रिकी गरिरहेको अर्थोडक्स चियाको मुल्य ११ देखि १२ सयसम्म पर्ने गयो । हरियो पत्तीमा अन्र्तगत कै सिटी चिया पनि प्रतिकिलो ३५ देखि ४० रुपैँया परे जबकी कोरोना अघि १५ रुपैँया प्रति किलो निर्यात मुल्य थियो ।
गुणस्तर अनुसारको, अर्थोडक्स हरियो पत्ता चिया भने प्रतिकिलो तीन सयदेखि चार सयसम्म पर्ने गयो, जसको साविक मुल्य ३० देखि ४० रुपैँया प्रति किलो थिए । अझ तयारी अर्थोडक्सको मुल्य गुणस्तरको हिसाबले पाँच ६ सयदेखि हजार १२ सयसम्म पुगेको उनी बताउँछन् ।
‘किसान तथा हामी सबैको लागि त्यो ऐतिहासिक अवसर थियो, ’ उनी भन्छन् । गत वर्षको ऐतिहासिक मुल्य वृद्धिले किसानले चियाबाट वर्तमान परिस्थितिसम्म पनि राम्रो मुल्य पाइरहेको भनाइ प्रवक्ता खनाल राख्छन् ।
हरियो पत्ती चिया सकंलन कायम नै
तथापि, निषेधाज्ञाको आंशिक असर भने पक्कै पनि किसान तथा व्यवसायी परेको छ । हाल चियाका मुना संकलनका सिमित व्यक्तिहरूले चिया मुना टिप्न आदेश दिएको छ । किसानबाट चिया संकलनमा भने रोक नलगाएको ग्रीन हिल टि इन्डस्ट्रिज प्रा.लि का प्रमुख टंक ढकालले बताए ।
उनका अनुसार, निषेधाज्ञा पुर्व चिया दैनिक संकलन पूर्व दुई हजारदेखि ३ हजारसम्म हुने संकलन हाल हजार १२ सय किलोमा झरेको छ । संकलनमा आएको कमी भने ढुवानी कारण नभई जनशक्तिको कम परिचालनले भएको उनले प्रस्ट्याए । चियो टिप्नको लागि पनि सकेसम्म घरकै सदस्यमात्र सुरक्षाका मापदण्ड सहित गर्ने संकलन गरिएको छ ।
वर्तमान परिस्थितिमा, हरियो चियाका पत्ता प्रशोधन स्टकमा राख्न सके वर्षदिन पछि पनि बजारमा उपभोग योग्य नै रहने उनी बताउँछन् । यद्यपि, लामो समयमा बजार चलायमान हुन नसके दुई महिनाको अन्तरालमा किसानलाई बुझाउँदै आएको चिया रकम भुक्तानीमा समस्या नआउला भन्न नसकिने उनले बताए । हाल, ग्रीन हिल टि इन्डस्ट्रिज प्रा.लिले दुई महिनाको ४० देखि ४५ लाखको रकम चिया उत्पादन किसानलाई तिर्न बाँकी छ ।
भारतबाहेक अन्य देशमा चिया नजाँदा दैनिक ४५ देखि ५० हजारको घाटा
गीन्र हिल टि इन्टट्रिज प्रा.लिको चिया भारत, जर्मन, अमेरिका गरी तीन देशमा पठाउने गरेको थियो । जसमा हाल भारतमा चिया गइरहे पनि जर्मन, अमेरिकामा भने जान नसकेको चिया उद्योगी ढकाल बताउँछन् । जसको कारण दैनिकी, ४५ देखि ५० हजारको घाटा व्यवहर्नु पर्ने हुन्छ । जुन, प्रति महिना १५ लाखको घाटा निम्त्याउँछ ।
चालु आर्थिक वर्षको चैत्र महिनासम्म ३ अर्ब ६ करोड रुपैयाँ बराबरको ९ हजार ५ सय ७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ककले देखाउँछ । भने, चालु आर्थिक वर्षको चैत्र महिनासम्म १२ करोड रुपैयाँ बराबरको चिया आयात भएको छ । बाह्य बजारका लागि दुई नाका : विराटनगर जेगबनी र काँकडभिट्टाबाट भारत तथा तेस्रो मुलुक पुग्ने गर्छ ।