Friday, August 14, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Aerial view of a winding road through green hills and a close-up of a muddy road with a gabion wall, illustrating the challenges of the Mechi Highway, particularly the Rajduwali landslide-prone section.
Share on FacebookShare on Twitter

Aerial view of a winding road through green hills and a close-up of a muddy road with a gabion wall, illustrating the challenges of the Mechi Highway, particularly the Rajduwali landslide-prone section.

Asmita Parajuli, a journalist for meromechinagar.com, smiling warmly at an outdoor event with a crowd in the background, wearing a blue top with red trim.अस्मिता पराजुली

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण क्षेत्र हो । पूर्वी नेपालको लाइफलाइन मानिने झापाको चारआलीदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारसम्म (२६८ किमी) सडकमध्ये यात्रामा सबैभन्दा सास्तीको सामना गर्नुपर्ने क्षेत्र राजदुवाली हो । गत असोज १८ गतेदेखि लगातार तीन दिन परेको वर्षापछि झन्डै एक महिना उक्त राजमार्ग अवरुद्ध बन्यो । इलाम नगरपालिका–९ राजदुवालीमा वर्षौँदेखि दोहोरिँदै आएको पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । पहिरोभन्दा पनि यो क्षेत्रको भौगोलिक अवस्था नै यहाँको मुख्य समस्या हो । सडक हरेक वर्ष भासिने र जोखिमपूर्ण हुने गर्छ । बिहान ठिकठाक भएको सडक साँझ भासिएको हुन्छ भने साँझ ठिकठाक भएको सडक बिहान कहाँ थियो भनेर खोज्नुपर्ने अवस्था हुन्छ । असोज १८ गतेको वर्षापछिको पहिरोले राजमार्ग मात्रै होइन, इलाम लगायत पूर्वका जिल्लामा ठुलै भौतिक तथा मानवीय क्षति समेत निम्त्यायो । सरकारले इलामलाई तीन महिनाका लागि विपद्ग्रस्त क्षेत्र घोषणा समेत गरेको थियो । राजमार्गसँगै वैकल्पिक सडक र त्यहाँ भएका पुल समेत क्षतिग्रस्त बन्दा राहत पुर्‍याउन समेत समस्या भएको थियो ।

राजमार्गको प्रवलीकरणका लागि के गर्दै छ सरकार ?

“धेरै वर्षदेखि समस्या दिइरहेको पहिरो भएकाले यसको मर्मतसम्भारको ठेक्का लगाइसकेर काम गर्ने तयारी अन्तिम चरणमा हुँदा गत वर्ष पहिरो खस्यो । त्यसपछि पहिरो स्टेबल बनाएर काम गरिरहेका छौँ,” सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराई भन्छन् । पहिरोले निम्त्याएको क्षतिपछि पुनः अध्ययन गरी काम सुरु गरेको उनको भनाइ छ । “राजदुवालीको पहिरो र हर्कटे–जोरकलशसम्म (१५ किमी) बाटो चौडा गर्दै कालोपत्रे गर्ने गरी २५ करोड रुपैयाँमा सम्झौता गरेर आगामी असारसम्मको समयावधि तोकेर ठेक्का सम्झौता भएको छ,” उनले भने । पहिरो व्यवस्थापनको वर्तमान अवस्थाबारे सोधिएको प्रश्नमा उनी भन्छन्, ‘अप्ठ्यारो आउने अवस्था त होइन तर तलबाटै पर्खाल लगाउन खन्दा माथिबाट माटो खसेर बाटो साँघुरिएको अवस्था थियो,’ उनले थपे, ‘राति पानी पर्दा पहिरो गएकै ठाउँबाट माटोसहितको भेल बगेको छ ।’ डिभिजन प्रमुख भट्टराईका अनुसार सडकको आधार निर्माणका लागि ग्याबियन वाल र आरसिसी वाल निर्माणको काम भइरहेको छ ।

‘फाउन्डेसन निर्माण गर्नुपर्नेमा पर्खाल उठाउन तल खन्दा माथिबाट पहिरो खसेको खस्यै छ । गाडी निरन्तर गुडिरहेका छन्, रोकिएकै छैन । त्यसैले काम प्रभावित छ,’ उनले थपे, ‘त्यही पनि आरसिसी वालको काम करिब ३० प्रतिशत सकिएको छ ।’ यसवर्ष पनि गत वर्षकै नियति दोहोरिन सक्नेमा उनले चिन्ता व्यक्त गरे । गत वर्ष पनि यस्तै असामान्य वर्षाका कारण इलामसहित पूर्वी नेपालमा ठूलो क्षति भएको थियो । विनाशकारी वर्षाले मुख्य राजमार्गसँगै वैकल्पिक सडकका पुलसमेत बगाएपछि उद्धार र राहतका काममा ठूलो समस्या परेको थियो । इलाम नगरपालिका निवासी निरज खड्काका अनुसार राजमार्गको रुट परिवर्तन गर्न नपाइने कानुनी व्यवस्थाका कारण स्थानीयले थप सास्ती भोग्नुपरेको छ । “वैकल्पिक बाटो खोल्न कानुनी रूपमा नमिल्दा मुख्य समस्या भएको हो । चैतदेखि नै पानी परिरहेकाले पहिरो खस्ने क्रम रोकिएको छैन । अहिले त माथिबाट लेदोसहितको पहिरो खसिरहेकाले काम गर्न सक्ने अवस्था छैन,” उनले भने ।

उनका अनुसार उक्त सडकखण्डको विकल्प नहुँदा पूर्वतर्फ जाने खाद्यान्न, ग्यास लगायत अत्यावश्यक सामग्री बोकेका ठूला सवारीसाधनलाई प्रहरीले रोक्नुपरेको छ । ‘हाल साना सवारीसाधन मात्र सीमित रूपमा सञ्चालन भइरहेका छन्,’ उनले थपे, ‘१५–१६ गते पुनः भीषण वर्षा हुने पूर्वानुमानले स्थानीयमा अर्को विपत्ति दोहोरिने त्रास बढाएको छ ।’ खड्काका अनुसार २०७२ सालको भूकम्पले कमजोर बनाएको इलामको करिब ८–९ सय मिटर राजमार्गसहितको भूभाग गत वर्षको वर्षापछि पूर्ण रूपमा तहसनहस भएको थियो । त्यसबाट करिब १३ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । तर सरकारले २ अर्ब ६० करोड रुपैयाँ मात्र उपलब्ध गराएकाले पुनर्निर्माणका लागि बजेट पर्याप्त नभएको उनको दाबी छ ।

A green and white sign with Nepali text, promoting eco-friendly practices in Ilam. The sign features a green circle with 'Ilam Green' written in white, and surrounding text in orange and white on a green background, discouraging the use of polythene bags in public places.

वैकल्पिक राजमार्गको अवस्था के छ ?

यस वर्ष पनि विपत्ति आउन सक्ने अनुमानसहित वैकल्पिक सडक खुलाउने प्रयास भइरहेको उनले बताए । “पानीले यो वर्ष पनि दुःख दिन्छ भनेर वैकल्पिक सडकअन्तर्गत खोलाको तीन ठाउँका पुल बगाएकाले बेलिब्रिज राख्न लागेका छौँ,” उनले भने । पहिलो विकल्प केचना–कञ्चनजङ्घा सडक जसलाई मेची करिडोर पनि भनिन्छ, जसले झापा दानाबारीबाट सिधै इलाम बजार जोड्ने उनको भनाइ छ । उक्त खण्डको इलाम नगरपालिका र माई नगरपालिका जोड्ने बेलासेमा रहेको पक्की पुल भासिएकाले अनुगमनपछि पुलको आधा खण्ड प्रयोगयोग्य देखिएकाले भासिएको खण्डमा अहिले बेलिब्रिज हाल्ने तयारी भएको उनले सुनाए । ‘एक करोड १० लाख रुपैयाँ लागतमा सम्झौता भई चैतदेखि काम भइरहेको बेलासेको पुल जडानको काम भइरहेकाले सम्भवतः हप्ता दिनमा सञ्चालनमा आउने छ,’ उनले थपे, ‘त्यसपछि अर्को पुवाखोलामा ७० मिटर लम्बाइको बेलिब्रिज हाल्ने गरी काम भइरहेकोमा अहिले आधारको सबै काम भइसकेको छ ।’

उक्त पुल भने भारत सरकारको अनुदान सहयोगमा बन्न लागेकाले केही ढिलाइ भएको उनले बताए । जसका लागि नेपाली र भारतीय व्यवसायीले संयुक्त रूपमा काम गरिरहेको उनले बताए । ‘यो बेलिब्रिज निर्माणको काममा नेपाली कन्ट्र्याक्टरले पुल राख्ने बेस बनाउने काम ९० प्रतिशत सम्पन्न गरिसकेको छ । भारतले प्राविधिक तथा जडानको काम गर्ने गरी नेपाल सरकारसँग सहमति भएको हो । भारत सरकारबाट अनुदानमा आउने पुल अहिलेसम्म आएको छैन, त्यसैले काम सकिएको छैन,’ उनले भने । नेपालको तर्फबाट पुल जोडेपछि मात्रै गर्ने काम बाँकी रहेको उनको भनाइ छ ।

पुवाखोला हाइड्रोपावर र राजदुवाली सडक सङ्कट

मेची राजमार्ग अवरुद्ध भएसँगै पूर्व जाने यात्रु लामो समयदेखि सास्ती भोग्न बाध्य छन् । कतिबेला सडक बन्द हुन्छ थाहा हुँदैन । राजदुवाली खण्ड पुवाखोला हाइड्रोपावरको सुरुङबाट पानी रसाएकै कारण थप समस्या निम्तिएकोबारे समस्या समाधानको औपचारिक पहल भइरहेको खड्काको भनाइ छ । ‘राजदुवाली पहिरोको टुप्पोमाथि हाइड्रोको सुरुङ छ । सुरुङमा भएको छिद्रबाट निस्किएको पानीका कारण यो खण्डमा सास्ती भोग्नु परेको अनुमान गरिएको छ । सुरुङबाट निस्किएको पानीले अझ जोखिम बढाएको हो,’ उनले थपे, ‘हाइड्रोपावर कम्पनीलाई चर्किएको भाग टाल्न पत्र लेखेर पठाएका छौँ । उहाँहरूले अहिले अध्ययन गरेको बताउनुभएको छ । समस्या रहेछ भने समाधानमा लाग्ने उहाँहरूबाट जानकारी आएको छ ।’ उक्त क्षेत्रमा पहिरो जानुमा त्यसको कति असर छ भन्ने कुरा अध्ययनपछि मात्रै जानकारी हुने उनले सुनाए ।

गत चैतमा भएको वर्षाका कारण भने काम थप प्रभावित भएको छ । ‘बर्खा लाग्यो भनेर हामीले काम छोड्दैनौँ, निरन्तर काम गरिराख्ने हो । यसले दुःख दिन्छ कि भनेर नै मेची करिडोर र सिमलगोलाई–तिल्केनी खण्डमा पर्ने जोगमाई खोलामा पनि ७० मिटरको बेलिब्रिज भारतको अनुदानमा हाल्दै छौँ,’ उनले भने । जसका लागि साढे दुई करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमा पनि नेपाली कम्पनीले गर्नुपर्ने काम सम्पन्न गरिसकेको उनले सुनाए । ‘इन्डियाले हामीलाई पुवाखोला र जोगमाई खोलाका लागि दुई वटा बेलिब्रिज नपठाएकाले त्यही कुरेर बसेका छौँ । त्यसका लागि मन्त्री र यहाँका माननीयज्यू, सडक विभागका डिजीसाहेब हामी सबैले भारतीय राजदूतमार्फत पहल गरेका छौँ ।’

बेलिब्रिज आइपुग्न १५ दिन लाग्ने

अनौपचारिक स्रोतका अनुसार बेलिब्रिज नेपाल आइपुग्न अझै १५ दिन लाग्ने उनले बताए । ‘अहिले भारतीय टोली बेलासेको पुल जोड्न आएको छ । त्यो पुल आउने टुङ्गो नभएकाले अब यो टोली ५ दिनजतिमा फर्किन्छ । फिर्ता भएपछि उनीहरू उता अर्को काममा लाग्छन्, त्यो सकाएर आउन झन्डै महिनादिन लाग्छ ।’ अहिले नै सामान आएदेखि महिनादिनभित्रमा काम सम्पन्न गर्न सकिने उनले बताए । अब भने करिब डेढ महिनामा काम हुने उनको अनुमान छ । ‘यो कमजोर भूगोल भएकाले अनुमान नगरेको पहिरो आउने जोखिम हुन्छ । अलिकति ठुलो पानी पर्नु भनेको मेची राजमार्ग जोखिममै हुनु हो,’ उनले स्पष्ट पारे ।

Tags: इलाम नगरपालिकानिरज खड्कापवन भट्टराईपहिरो जोखिमपूर्वी नेपालमेची करिडोरमेची राजमार्गमेरो मेचीनगरराजदुवाली पहिरोसडक विभाग
ShareTweetPin
अघिल्लो समाचार

इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति

अर्को समाचार

अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ

अर्को समाचार
Men loading and unloading sacks of black cardamom at a port with snow-capped mountains in the background. A forklift operator moves stacks of sacks. A basket and sacks labeled 'BLACK CARDAMOM PRODUCT OF NEPAL' are in the foreground.

अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक
  • इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
  • देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक
  • इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
  • देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक
  • केरौन सबस्टेशन परीक्षणका लागि शनिबार इलाम सहित पूर्वका ४ जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध हुने

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.