Friday, August 14, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, अर्थ, श्रम-रोजगार
Reading Time: 1 min read
0 0
A A
0
Men loading and unloading sacks of black cardamom at a port with snow-capped mountains in the background. A forklift operator moves stacks of sacks. A basket and sacks labeled 'BLACK CARDAMOM PRODUCT OF NEPAL' are in the foreground.

नेपालको प्रमुख निर्यात वस्तु कालो इलायची

Share on FacebookShare on Twitter

Men loading and unloading sacks of black cardamom at a port with snow-capped mountains in the background. A forklift operator moves stacks of sacks. A basket and sacks labeled 'BLACK CARDAMOM PRODUCT OF NEPAL' are in the foreground.

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट निर्यात हुने अलैँचीको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म (आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना) नेपालले ६० लाख ३० हजार किलोग्राम अलैँची निर्यात गरी १२ अर्ब एक करोड रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा प्रशोधित भटमास तेलपछि अलैँची नेपालको दोस्रो ठूलो निर्यातजन्य वस्तु बनेको छ । आर्थिक वर्ष सकिन अझै एक महिना बाँकी रहँदै अलैँची निर्यातबाट भएको आम्दानीले अघिल्ला सबै वार्षिक कीर्तिमान पार गरिसकेको छ। पछिल्लो तथ्यांकले नेपाली किसानले यस वर्ष राम्रो मूल्य पाएको संकेत गर्छ। आर्थिक वर्ष २०७९/८० मा नेपालले ९९ लाख ९० हजार किलोग्राम अलैँची निर्यात गरेको थियो, जुन हालसम्मकै उच्च परिमाण थियो। त्यसबाट आठ अर्ब २७ करोड रुपैयाँ मात्र आम्दानी भएको थियो। यसको तुलनामा यस वर्ष कम परिमाण निर्यात हुँदासमेत १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।

पछिल्ला वर्षमा अलैँची निर्यात निरन्तर बढ्दो क्रममा छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४३ लाख किलोग्राम अलैँची निर्यात गरी सात अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यस वर्ष प्रशोधित भटमास तेल, सूर्यमुखी तेल र गलैँचापछि अलैँची चौथो ठूलो निर्यात वस्तु बनेको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ५० लाख १० हजार किलोग्राम अलैँची निर्यातबाट सात अर्ब ९४ करोड रुपैयाँ आम्दानी भएको थियो। त्यस बेला गलैँचापछि अलैँची दोस्रो ठूलो निर्यात वस्तु थियो । आर्थिक वर्ष २०७९/८० मा इतिहासकै धेरै परिमाणमा अलैँची निर्यात भए पनि यो चौथो ठूलो निर्यात वस्तुमै सीमित रह्यो। त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा ५३ लाख ६० हजार किलोग्राम अलैँची निर्यातबाट चार अर्ब ८१ करोड रुपैयाँ आम्दानी भएको थियो। त्यस वर्ष अलैँची नेपालको सातौँ ठूलो निर्यात वस्तु बनेको थियो।

भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट निर्यात हुने अधिकांश अलैँची भारत पुग्ने गरेको छ। व्यवसायीहरूका अनुसार भारतमा यसको प्रशोधन, ब्रान्डिङ र प्याकेजिङ गरी पाकिस्तान तथा पश्चिम एसियाका देशसहित अन्तर्राष्ट्रिय बजारमा भारतीय उत्पादनका रूपमा पुनः निर्यात गरिन्छ। उनीहरूका अनुसार यसरी पुनः निर्यात गरिएको नेपाली अलैँची अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २८ अमेरिकी डलरसम्ममा बिक्री हुन्छ। नेपाली किसानले भने भारतीय खरिदकर्तालाई प्रतिकिलो दुई हजार रुपैयाँभन्दा कम अर्थात् करिब १४ अमेरिकी डलरमा बिक्री गर्न बाध्य छन् । विश्वको कुल अलैँची उत्पादनमध्ये ५५ प्रतिशतभन्दा बढी उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक देश भए पनि नेपालले स्वदेशमै प्रशोधन र मूल्य अभिवृद्धि गर्न नसक्दा उच्च निर्यात आम्दानीबाट वञ्चित हुँदै आएको छ।

A green and white sign with Nepali text, promoting eco-friendly practices in Ilam. The sign features a green circle with 'Ilam Green' written in white, and surrounding text in orange and white on a green background, discouraging the use of polythene bags in public places.

नेपालमा उत्पादन हुने अधिकांश अलैँची पूर्वी पहाडी तथा हिमाली जिल्ला ताप्लेजुङ, इलाम, सङ्खुवासभा, पाँचथर र तेह्रथुममा खेती गरिन्छ । पछिल्लो एक दशकमा अलैँची निर्यातबाट हुने आम्दानीमा उल्लेख्य उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७१/७२ मा तीन अर्ब ८३ करोड रुपैयाँमा झरेको आम्दानी त्यसपछिको वर्ष चार अर्ब ६३ करोड रुपैयाँ पुगेको थियो। तर आर्थिक वर्ष २०७३/७४ मा पुनः तीन अर्ब ९० करोड रुपैयाँमा सीमित भयो। त्यसपछि आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ सम्म वार्षिक निर्यात आम्दानी चार अर्ब रुपैयाँभन्दा माथि स्थिर रह्यो भने आर्थिक वर्ष २०७७/७८ मा बढेर ६ अर्ब ९३ करोड रुपैयाँ पुगेको थियो ।

Tags: अर्थ वर्ष २०८३अलैँची कीर्तिमानगलैँचानिर्यात जन्य वस्तुनेपाल अलैँची निर्यातनेपाली किसानप्रशोधित भटमास तेलभन्सार विभागमेरो मेचीनगरसूर्यमुखी तेल
ShareTweetPin
अघिल्लो समाचार

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा

अर्को समाचार

भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

अर्को समाचार

भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक
  • इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
  • देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक
  • इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
  • देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक
  • केरौन सबस्टेशन परीक्षणका लागि शनिबार इलाम सहित पूर्वका ४ जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध हुने

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.