Tuesday, June 30, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

ग्रीन इलाम ग्रीन इलाम
June 30, 2026
भित्र अर्थ, मुख्य समाचार, विश्व, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

काठमाडौं- झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएसँगै चिया उद्योग र किसानमा राहतको आशा पलाएको छ । निकासी अवरोध हटेसँगै उद्योगमा थन्किएको चिया भारतीय बजारतर्फ जान थालेको छ भने नयाँ अर्डरसमेत आउन थालेका छन् । भारतले गुणस्तर परीक्षणसम्बन्धी व्यवस्था परिमार्जन गर्दै सबै खेपको अनिवार्य परीक्षण हटाएर जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि काँकडभिट्टा–पानीट्यांकी नाका हुँदै नेपाली चियाको निकासी पुनः सुरु भएको हो। नयाँ व्यवस्थाअनुसार अब नेपालबाट जाने प्रत्येक पाँच खेपमध्ये एउटा खेपको मात्रै नमुना परीक्षण गरिनेछ।

A green and white sign with Nepali text, promoting eco-friendly practices in Ilam. The sign features a green circle with 'Ilam Green' written in white, and surrounding text in orange and white on a green background, discouraging the use of polythene bags in public places.

निकासी अवरुद्ध हुँदा इलामका उद्योगमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो। यसले उद्योगी र किसान दुवैलाई आर्थिक रूपमा ठूलो असर परेको थियो। अहिले निकासी सहज भएसँगै थन्किएको चिया बजारमा पठाउने तयारी तीव्र बनेको छ। नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका ट्रकहरू भारत प्रवेश गर्न थालेका छन्। व्यवसायीहरूले भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको र व्यापार विस्तार हुने संकेत देखिएको बताएका छन् । चिया निकासी सहज बनाउन नेपाल सरकारले कूटनीतिक पहललाई तीव्र बनाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा सम्बन्धित मन्त्रालय र निकाय सम्मिलित कार्यदल गठन गरी भारतीय पक्षसँग निरन्तर समन्वय गरिएको थियो। त्यसपछि भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणाली खुकुलो बनाउने निर्णय गरेको हो ।

यद्यपि व्यवसायीहरू पूर्ण रूपमा ढुक्क भने भएका छैनन्। पानीट्यांकी भन्सारमा परीक्षण प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि अझै कोलकाता पठाउनुपर्ने अवस्था कायमै छ। साथै भारतीय पक्षले आवश्यकता अनुसार छड्के परीक्षण गर्न सक्ने व्यवस्था पनि यथावत् रहेको छ । व्यवसायीहरूको भनाइमा तत्कालका लागि निकासीको बाटो खुले पनि यसको दीर्घकालीन स्थायित्व भारतीय पक्षको व्यवहार र दुई देशबीचको समन्वयमा निर्भर रहनेछ। अहिले भने निकासी पुनः सुरु भएसँगै उद्योग, किसान र निर्यातकर्तामा केही राहत र आशा फर्किएको छ।

Khabarhub

ShareTweetPin
अघिल्लो समाचार

अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ

अर्को समाचार

इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार

अर्को समाचार
इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार

इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार
  • भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया
  • अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ
  • मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा
  • इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ
  • मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा
  • इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
  • प्रधानमन्त्री सचिवालयको आश्वासनपछि बन्द चिया उद्योग खुले
  • विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.