Friday, August 14, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, अर्थ, श्रम-रोजगार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Rajkumar Shakya, Chief Administrative Officer, sitting in front of a Chulachuli Gaupalika office backdrop, looking serious while wearing a pink shirt, black Adidas cap, and sunglasses, with a letter in Nepali on the right side of the image.

चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य

Share on FacebookShare on Twitter

Rajkumar Shaky, Chief Administrative Officer, sitting in front of a Chulachuli Gaupalika office backdrop, looking serious while wearing a pink shirt, black Adidas cap, and sunglasses, with a letter in Nepali on the right side of the image.

विराटनगर । वर्षातको समयमा प्राकृतिक स्रोतको दोहन र उत्खननमा पूर्ण प्रतिबन्ध रहने कानुनी व्यवस्थालाई लत्त्याउँदै इलामको चुलाचुली गाउँपालिकाले असार र साउन महिनामै उत्खनन र ओसारपसारको अनुमति दिएको पाइएको छ । गाउँपालिकाले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७’ र वातावरणीय संवेदनशीलतालाई बेवास्ता गर्दै विकास निर्माणको नाममा यस्तो अनुमति पत्र जारी गरेको हो ।

चुलाचुली गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले पत्र संख्या ०८२–०८३, चलानी नम्बर २१६४ को पत्रमार्फत इभ्रास्कोन कालिका जेभीलाई असार ३ गतेदेखि साउन ११ गतेसम्मका लागि उत्खनन र ओसारपसारको अनुमति दिएको छ। काकडभिट्टा–लौकही सडक परियोजनाका लागि भन्दै चुलाचुली गाउँपालिका वडा नं. १ मा पर्ने चतुर माया राईको कित्ता नम्बर ३६ को जग्गाबाट कुल २,०५० घनमिटर सामग्री उत्खनन गर्न अनुमति दिइएको छ । यस अनुमति पत्रमा ओसारपसारका लागि झण्डै साढे दुई दर्जन (दर्जनौँ) टिपरका नम्बरहरू नै किटान गरेर खुला छुट दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यद्वारा हस्ताक्षरित सो पत्रमा दैनिक अधिकतम ५० घनमिटरसम्म ओसारपसार गर्न पाउने व्यवस्था मिलाइएको छ ।

A green and white sign with Nepali text, promoting eco-friendly practices in Ilam. The sign features a green circle with 'Ilam Green' written in white, and surrounding text in orange and white on a green background, discouraging the use of polythene bags in public places.

नेपाल सरकारको सङ्घीय नीति तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड अनुसार वर्षायाम असार १ देखि भदौ १५ सम्म नदीजन्य र खानीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन । बाढी, पहिरो र वातावरणीय जोखिम उच्च हुने यो समयमा मेसिनरी औजार प्रयोग गरेर वा व्यापक रूपमा टिपर परिचालन गरी उत्खनन गर्नु गैरकानूनी मानिन्छ । स्थानीय तह आफैँले मापदण्ड विपरीत यसरी असार–साउनको मध्यवर्षातमा उत्खनन अनुमति दिनुले वातावरणीय सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । यस विषयमा जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले असार महिनामा माटो उत्खननको सम्झौता गर्नु कानुन विपरीत रहेको बताएका छन्।

‘वर्षातको समयमा यस्तो प्रकृतिको उत्खनन र ओसारपसारको अनुमति दिनु कानुन र स्थापित मापदण्ड विपरीत हो। यसबारे जानकारी पाउनासाथ जिल्ला प्रशासन कार्यालयले तत्काल यो गैरकानूनी कार्य रोक्न र उत्खनन बन्द गराउन सम्बन्धित गाउँपालिका तथा स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको छ,’ उनले भने । स्थानीय तहले विकास आयोजनाको आवरणमा नियम मिचेर प्राकृतिक स्रोतको तीव्र दोहन गर्न अनुमति दिएपछि स्थानीय स्तरमा समेत यसको विरोध सुरु भएको छ।

WhatsApp Image 2026-06-28 at 5.10.16 PM

Ratopati
Tags: इभ्रास्कोन कालिका जेभीइलामकाकडभिट्टा–लौकही सडक परियोजनाखोलाजन्य उत्खननचुलाचुलीनेपाल सरकारमेरो मेचीनगरराजकुमार शाक्यलक्ष्मण ढकालवर्षातको समयमा उत्खनन
ShareTweetPin
अघिल्लो समाचार

प्रधानमन्त्री सचिवालयको आश्वासनपछि बन्द चिया उद्योग खुले

अर्को समाचार

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा

अर्को समाचार
Aerial view of a winding road through green hills and a close-up of a muddy road with a gabion wall, illustrating the challenges of the Mechi Highway, particularly the Rajduwali landslide-prone section.

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक
  • इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
  • देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक
  • इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
  • देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक
  • केरौन सबस्टेशन परीक्षणका लागि शनिबार इलाम सहित पूर्वका ४ जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध हुने

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.