Friday, August 14, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

प्रधानमन्त्री सचिवालयको आश्वासनपछि बन्द चिया उद्योग खुले

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, अर्थ, विश्व, समाज
Reading Time: 1 min read
0 0
A A
0
A truck loaded with tea bags passes through a border crossing between Nepal and India. The truck is stopped at a border checkpoint where a security personnel is inspecting the cargo. In the foreground, a basket filled with freshly harvested green tea leaves sits next to stacks of burlap sacks filled with processed tea leaves. The Nepali flag and Indian flag fly on either side of the border. The scene captures the bustling trade of tea products across the international border.
Share on FacebookShare on Twitter

A truck loaded with tea bags passes through a border crossing between Nepal and India. The truck is stopped at a border checkpoint where a security personnel is inspecting the cargo. In the foreground, a basket filled with freshly harvested green tea leaves sits next to stacks of burlap sacks filled with processed tea leaves. The Nepali flag and Indian flag fly on either side of the border. The scene captures the bustling trade of tea products across the international border.

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्न गठन गरेको कार्यदलको आश्वासनपछि असार ४ गतेदेखि बन्द भएका झापाका चिया उद्योग बिहीबारदेखि पुन: सञ्चालनमा आएका छन् । झापामा ३० वटा सिटीसी चिया उद्योग छन् । त्यसैगरी असार १ गतेदेखि बन्द भएका इलामको सुर्योदय नगरपालिका र इलाम नगर क्षेत्रमा रहेका ६५ वटा अर्थोडक्स चिया उद्योग पनि पुन सञ्चालनको तयारीमा छन् । प्रधानमन्त्री शाहको सचिवालयले गठन गरेको कार्यदलको निमन्त्रणामा इलाम र झापाका चिया उद्योगी चार दिन अघि संघीय राजधानी पुगेर कार्यदल र सम्बन्धित निकायसँग दिनहुँ वार्ता र छलफल गरिरहेका छन् ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव छन् । भारतको चिया बोर्डले नेपालवाट निकासी हुने चियाको गुणस्तर परीक्षणका नाममा लागू गरेको नयाँ मापदण्ड (एसओपी) का कारण निकासी अवरुद्ध हुँदा असार १ गतेदेखि इलामका र असार ४ गतेदेखि झापाका चिया उद्योग बन्द हुन्दा एकलाख भन्दा बढी श्रमिक र ३० हजार चिया किसान प्रभावित वनेका थिए ।

A green and white sign with Nepali text, promoting eco-friendly practices in Ilam. The sign features a green circle with 'Ilam Green' written in white, and surrounding text in orange and white on a green background, discouraging the use of polythene bags in public places.

प्रधानमन्त्री शाहको सचिवालयले गठन गरेको कार्यदलको आश्वासन र किसानको हरियो चिया हुर्केर करोडौको नोक्सानी भएका कारण तत्काल उद्योग खोलेर उत्पादित चिया गोदाममा भण्डारण गर्ने निर्णय भएको नेपाल चिया उत्पादक संघका उपाध्यक्ष शिव गुप्ताले क्लिकमान्डुलाई जानकारी दिए । त्यसैगरी प्रधानमन्त्री शाहको सचिवालयले गठन गरेको कार्यदलको आश्वासन सहित सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको छलफलपछि उद्योग सञ्चालन गर्ने विषयमा तीन बुँदे सहमति भएपछि बन्द उद्योग सञ्चालन गर्न उद्योगी सहमत भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले बताए ।

चिया उद्योगीहरुका अनुसार भारतीय बजारमा चिया निर्यात सहज नहुन्जेल उद्योगमा थन्किएको करिब १२ लाख किलोग्राम चिया भण्डारणका लागि नगरपालिकाले व्यवस्थित भण्डार कक्षको व्यवस्था गर्नेछ । यस्तै, बजार अवस्था सहज नहुन्जेल किसानलाई दिने भुक्तानी केही समयका लागि स्थगित गर्ने सहमति उद्योगी र किसानबीच भएको छ । त्यसैगरी, चियाको गुणस्तर सुधार गर्न विषादीको प्रयोग पूर्ण रूपमा निषेध गर्दै नगरपालिका, उद्योगी र किसानको सहभागितामा सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सहमतिमा उल्लेख छ । भारतले मे १ देखि लागू गरेको नयाँ नियमअनुसार प्रत्येक चिया बोकेको गाडीको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन करिब १५ दिन लाग्ने तथा प्रतिगाडी भारतीय रुपैयाँ ११ हजार ५ सय शुल्क तिर्नुपर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यात प्रभावित बनेको थियो ।

निर्यात ठप्प भएपछि झापा र इलामका झण्डै सयवटा चिया उद्योग बन्द हुँदा किसानको हरियो चिया बगानमै हुर्किएर घाँसमा परिणत हुँदा दैनिक दुई करोडभन्दा बढी क्षति हुँदै आएको थियो । नेपालमा वार्षिक ६५ लाख केजी अर्थोडक्स र २ करोड केजी भन्दाबढी सिटीसी चिया उत्पादन हुँदै आएको छ । गत बैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो । त्यसको व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्‍यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि दुई दिन पुनः निर्यात भएको थियो । तर भारतीय पक्षले निर्यातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमूना संकलन गर्दै परीक्षण रिपोर्ट नआएसम्म चिया गोदामबाट बाहिर ननिकाल्न आदेश दिएपछि चिया निकासी पूर्ण रुपमा ठप्प भएपछि सबै चिया उद्योग असार १ गतेदेखि बन्द भएका थिए ।

clickmandu

ShareTweetPin
अघिल्लो समाचार

विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे

अर्को समाचार

इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति

अर्को समाचार
Rajkumar Shakya, Chief Administrative Officer, sitting in front of a Chulachuli Gaupalika office backdrop, looking serious while wearing a pink shirt, black Adidas cap, and sunglasses, with a letter in Nepali on the right side of the image.

इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक
  • इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
  • देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक
  • इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
  • देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.