
२१ साउन, काठमाडौं । नेपालमा तीन नयाँ आन्तरिक विमानस्थल थपिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुल्मी, इलाम र ओखलढुंगामा निर्माण भएका विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेको छ ।
अब इलामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार ‘भीएनएफएन’ संकेतमा चिनिने भएको छ । गुल्मीको रेसुंगा विमानस्थललाई अब एभिएशनको भाषामा ‘भीएनआरजी’ संकेत प्राप्त भएको छ । उता, ओखलढुंगामा निर्माण भएको खिजी चण्डेश्वरी विमानस्थललाई ‘भीएनकेसी’ संकेत नम्बर प्राप्त भएको छ ।
साभारः अनलाईन खबर डटकम