कोकिला ढकाल
इलाम, असार इलाममा यस वर्ष ३० प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा मध्य असारसम्ममा ३० प्रतिशत रोपाइँ भएको र अझै रोपाइँ गर्ने क्रम जारी रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
जिल्लाको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई, इलाम, देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकाको तल्लो भेगमा धानखेती हुने गरेको छ । जिल्लास्थित ज्ञान केन्द्रको तथ्याङ्क अनुसार १४ हजार ८१५ हेक्टर जमिनमा लगाइएको धानबाट गएको वर्ष ४९ हजार मेट्रिक टन धा

पहाडी क्षेत्रमा रोपाइँ गर्न गोरुकै भर पर्नुपर्ने कारणले रोपाइँ सोचेजति चाँडो गर्न नसकिएको किसानहरु बताउँछन् । समथर जमिन भएका तल्लो भेगमा प्रविधिको प्रयोग हुन थालेपनि उच्च स्थानहरुमा ट्याक्टरलगायतका सामग्री प्रयोग गर्न नसक्दा किसानलाई समस्या भएको माइजोगमाईका किसान मोहन सुवेदी बताउनुहुन्छ ।


