एजेन्सी । बार्सिलोनाका मुख्य प्रशिक्षक किके सेटिनले मिडफिल्डर इभान राकिटिकले क्लब नछाड्ने बताएका छन् । राकिटिक र मेस्सीको विवादपछि राकिटिकले बार्सिलोना छोड्ने वा बार्सिलोनाले राकिटिकलाई नराख्ने अनुमान गरिएको थियो ।
मुख्य प्रशिक्षक सेटिनले एल लार्गुईरोसँग कुरा गर्दै राकिटिकले क्लब छाड्ने विषयमा आफुसँग कुरा नगरेको बताएका हुन् ।

क्रोएसियाका अट्याकिङ मिडफिल्डर राकिटिकले क्लब छाड्ने चर्चा पछिल्लो समय चुलिएको छ । तर, प्रशिक्षक सेटिनले भने त्यसलाई नकारेका छन् ।
‘मलाई जानकारी छैन कि राकिटिक क्लब छोड्न चाहन्छ र उसले मलाई यो भनेका छैनन् । उनले मसँग धेरै खेलेको छ र खेलिरहन्छ,’ उनले भने, ‘म उनको प्रदर्शनबाट खुसी छु । अब के हुन्छ पर्खनुपर्छ उसले छोड्न चाहन्छ वा चाहदैन।’
यस्तै सेटिनले फिलिपे कौटिन्होको बिषयमा छलफल गर्ने समय अहिले नभएको समेत बताए ।
लिभरपुलबाट बार्सिलोना आएका कौटिन्हो अहिले लोनमा जर्मन क्लब वायर्न म्युनिखबाट खेलिरहेका छन् ।