आज विश्व संगीत दिवस
इलाम, ७ असारः आज विश्व संगीत दिवस । हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ । संगीत दिवसको शुरुवात सन् १९८१ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता संगीतसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न १ सय १० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । नेपालमा वि.सं २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।
विश्वभरको सरल र सहज भाषाको रुपमा संगितलाई लिने गरिएको छ । नेपालमा संगितकर्मीको जीविकोपार्जनका लागि व्यावसायिक कठिनाई हुने गरेको बताउँदै आएपनि पछिल्लो समय भने सो अवस्थामा केही सुधार भएको संगितकर्मी बताउँछन् । संगीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायीका, रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरुको सहभागीतामा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।