इलाम, ९ जेठः इलाम नगरपालिका वडा नं. ७ स्थायी घर भई हाल विभिन्न मुलुकमा बसोबास गर्दै आईरहेका एकै गुरुङ परिवारका दिदी बहिनीहरुले इलाम अस्पताललाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन् । इला न.पा. ७ निवासी कमल गुरुङका चार छोरीहरु क्रमशः सुजु, सुनु, मुनु र अनु गुरुङले जिल्ला अस्पताल इलामलाई प्यासेन्ट मोनिटर, स्यानिटाईजर, मास्क, ग्लोबस लगायतका करिब एक लाख रुपैंयाँ मुल्य बारबरको सामाग्री हस्तान्तरण गरेका हुन । विदेशमा रहेका यि दिदी बहिनीहरुको तर्फबाट उनीहरुको आमा बुद्धमाया गुरुङ (मुखिया)ले अस्पताल प्रमुख प्रभु आकस्मिक कक्षका ईन्चार्ज टिका लुईटेल तथा इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
जिल्ला अस्पताल इलाममा नर्सिङ पेशामा समेत संलग्न भईसकेकी मुनु गुरुङले कोभिडको विषम परिस्थितमा पनि देश बाहिर रहेर आफु काम गरेको अस्पताललाई सहयोग गर्न पाउदा खुसी लागेको प्रतिक्रिया टेलिफोन मार्फत बताईन ।