इलाम, ९ कार्तिकः पाँचथरको फिदिम नगरपालिका-६ शिवाका सुभराज तुम्रोकको अरिंगालले चिल्दा मृत्यु भएको छ । २६ वर्षीय तुम्रोकको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनलाई कात्तिक ७ गते साँझ गोलो झिक्न जाँदा अरिंगालले चिलेको हो । टोकाइका कारण बिरामी परेका तुम्रोकलाई एकदिन स्थानीय मेडिकलमा उपचार गर्दा पनि निको नभएपछि थप उपचारका लागि सदरमुकामतर्फ ल्याउने तर्खर गरिरहँदा घरैमा मृत्यु भएको पाँचथरका प्रहरी प्रवक्ता बेनिलाल साहले जानकारी दिए । उनका अनुसार तुम्रोकको शव पाँचथर अस्पतालमा पोस्टमार्टम गरी आफ्रन्तलाई बुझाउने तयारी भइरहेको छ ।