Sunday, April 19, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

हार्दिक श्रद्धान्जली छोडेर जानेहरुलाई

ग्रीन इलाम ग्रीन इलाम
August 21, 2020
भित्र मुख्य समाचार, लेख-विश्लेषण, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
प्रा. डा. नृसिह कुमार खत्री
मैले विगत २ वर्ष देखि सत्पात्र, जो मेरो अग्रज, समकालीन तथा अनुज अनुजा तहका मानिसहरु दिवंगत हुनु भयो उहाँलाई यसरी शव्द लेखेर श्रद्धान्जली दिन सकेको थिइन । मौकापनि पाएको थिए, यो मनले लेख्न सकेको थिएन । त्यसमा स्वर्गीय भरत मोहन अधिकारी, उहाँलाई लिएर आउने जाने चालकले मलाई सुनाए कि “सर युवाहरुलाई उहाँले भन्नुभोकि मेरो त यो जुनी यस्तै भयो, तिमीहरुले यो देश राम्रोसंग चलाउनु है” भनेर जानु भयो रे । मेरालागि यो भनाई निकै उत्पे्ररक रहयो । हो, भरत मोहन अधिकारी जेष्ट तथा श्रेष्ट र २०४६ को जन आन्दोलनका अग्रणि र संविधान मशौदा समितिकापनि एक सदश्य थिए । उहा मेरालागि आदरणीय हुनु हुन्थ्यो । मेरो मनसम्म हो उहाँ धेरै राम्रो मानिस हो । यो देशले गुमायो ।
युवा नेता रवीन्द्र अधिकारी, उनी राम्रो युवा, व्यक्ति, लेख्न पनि सक्ने, विचार दिन तथा लिन पनि सक्न,े अनि राजनीतिमा थेशिश र एण्टि थेशिशको श्रृजना गर्न सक्ने हैसियतका मानिस थिए । उनी वितेकोमा म निकै दुखि भएँ । उनी विद्यार्थी छँदा मेरा विद्यार्थीहरुको साथमा इलाममा आएर उनले आपनो कार्यक्रममा व्यक्त गरेको विषयले मलाई निकै राम्रो छाप दिएको हुन्थ्यो । यी विद्यार्थी पछि नेता हुने रहेछन भन्ने लागिरहेको थियो । उनलाइपनि देशले, समयले वा नियतिले गुमायो । मलाई प्रजातान्त्रिक समाजवाद धेरै मन पर्ने विचार लाग्दथ्यो । त्यसको चिन्तन म थेशिश तथा एण्टिथेशिश दुवै पाटोबाट गर्दथे । त्यसक्रममा मलाई सवैको चिन्तन विचार तथा दृष्टिकोणमा के सकारात्मक पक्ष छ भने अध्ययन गर्न वल मिल्दथ्यो ।
त्यसैक्रममा इलाममा रहँदाको शुभ चिन्तक आदरणीय श्री तोयानाथ भट्टराई ज्यूको धर्मपत्नि, आदरणीय भाउज्यू गीता भट्टराइको देहावशानको खवर मलाई अधिवक्ता उत्तम पौडेलले घाटैबाट विराटनगरमा सुचना गरेर थाहा दिनु भो । मैले लामो समवेदना व्यक्त गर्न सकिन । केवल फेशवुकमा हार्दिक समवेदना मात्र लेखे । उहाँ २०४६ सालको जन आन्दोलनमा संघ संस्था ऐन २०१९ अन्तरगत मुद्धा चलाइएकी इलामकी एक मात्र महिला अग्रणि पात्र, र रु १०००। धरौटीमा तारिखमा छोडने आदेश गरेपछि रिहाई हुन भएको व्यक्तित्व हनुहुन्थ्यो । उहाहरुले गरेको योगदानमा पछि आन्दोलन दवाउनेहरुले बाजी मारेर पद प्रतिष्ठा लिएको पनि यही जीवनले भोग्यो, देख्यो । दुधको रक्षा गर्ने साक्षी ढाडे विरालो रहे जस्तो भयो ।
उहालाई यो लेखकप्रति यति विश्वास रहेको रहेछ कि अदालतमापनि आदेश गर्दा राती ७ वजे भए सकेको थियो । त्यसवेलाको मेची अन्चल अदालतको वेन्चले तोके बमोजिम भोलिपल्ट १० वजेपछिमात्र हामीले धरौटी जम्मा गरी तारेखमा हिराई गराएका थियो । उहाँले भूमिगत अवस्थाबाटै शेखर घिमिरे दाइको छोरालाई रु एक हज्जार दिएर मेरा हातमा दिन पठाउनु भए छ ।
कस्तो वेला परिस्थितिबाट त्यो समयमा वहुदलीय व्यवस्था ल्याउनकालागि काम गरिएछ ? भन्ने पनि लाग्दा लाग्दै उहाँहरु जस्तो आदर्श, नैतिक तथा निष्ठावान दिदी वहिनीहरु आन्दोलनमा लागेको, संलग्नताले त्यो वेला लोकतन्त्र ल्याउनकालागि हामीहरुलाईपनि असली प्रेरणा दिइएको थियो भन्ने याद अहिले दिलाउदछ ।
मेरो साथि त्रि. वि अर्थशास्त्र विभागका प्रो मदन कुमार दहाल, उहाँ इकोनामिक्शको राम्रो आशा लाग्दो र भरपर्दो व्यक्ति विश्लेषक पनि हो । जहाँ भेट भएपनि मलाई हाल खवर सोध्ने, अनि काममा लागि रहेको हुनुहुन्छ सर, भन्ने । युवा जोश, जाँगर कति राम्रो भनेर हौसला दिने, राम्रो व्यक्ति उहाँपनि बितेको पाएँ । मैले समवेदनापनि लेख्न सकेकोपनि थिएन । के लेखौ ? लेखेर साध्य पनि थिएन, नलेखँु, उनीहरुका साथ मेरो सम्वन्धका अतितका घटना तथा बिम्वहरुको थाक लागेको पर्वत जत्तिकै भएका थिए जसले मलाई याद दिलाउदथ्यो ।
मैले जानेको मानेको धेरै मानिसहरुमा भएको ज्ञान विचार गर्दा, स्वदेशको लागि राखेको आशा, उनीहरुको चिन्तन, विचार तथा भावना यो देशका धेरै मानिसहरुलागि निकै आश लाग्दो भरपर्दो रहेको छ भन्ने लागिरहेको थियो । हँुदाहँुदा मेरा विद्यार्थी तथा भान्जा नाताका व्यक्ति भूपाल पाण्डे समेतको देहान्त यही श्रावण १० मा मेरो आँखाको अगाडि भयो । मेरो घर परिवार आफन्त नर नाता सवै अन्तिम श्रद्धान्जलीकालागि गयौ । जो व्यक्तिलाई डोहोरयाएर ल्याउने, सिकाउने पढाउन,े जीवनको इलमको गोरेटोमा लगाउने काम गरियो, त्यही व्यक्तिको देहावशान पनि आँखाको अगाडि भएपछि उनको देहान्तमा अग्नि दहन गर्नु परेपछि म भित्र एक प्रकारको कठोरपना पनि बढीरहेको थियो ।
मेरो आमाले मलाई “वावु तिमी धेरै वाहिर नहिड, यो यस्तो माहामारी, भइरहेको छ” भन्ने सरसल्लाह दिन लाग्दा पनि भन्दथे कि आमा जे पर्छ त्यो त व्यहोर्नु नै परेको छ । कोरोना साथि हो छ, तर सतर्क रहौला । डर होइन आमा, हिम्मतले यो जीवन चलाउनु पर्दछ । हजुरको कृपाले मलाई भलो हुन्छ” भनेर आमाका साथ आत्मवलको आशिरवाद लिन प्रयास गर्दथे । हालपनि म त्यसै गरीरहेको छु ।
त्यस्तैमा मेरा विद्यार्थी बहिनी Ambika कोइराला, साथीहरु धनेन्द्र भक्तराज, उनका भाई, लगायतका साथिहरुको पनि देहान्त भयो । इलामका धेरै मान्यवर गोपाल दाइको पनि देहान्त भयो । उहाँहरुलाई काठमाण्डौमा भेटेर वात मारेको पनि ताजै सम्झना रही रहेपछि मलाई यो यस्तै हो, यस्तो रहन्छ, भन्ने पनि लाग्न थालिसकेको थियो । स्वर्गीय अधिवक्ता गुरु प्रसाद वराल ज्यू जो संग मैले निकै कुरा आदान प्रदान गरी जानकारी लिएको छु “उहाँपनि केही दिन पहिले स्वर्गिय हुनु भएको समाचार साथी अधिवक्ता राजकुमार थापाले जानकारी दिएपछि मैले थाहा पाएर सर्वोच्य अदालतले राखेको तस्विरमा पुष्पार्पण गरे” ।
आज मैले चक्रवर्ति ल कलेजमा विद्यार्थीहरुको अन लाइन कक्षा सकेपछि वेभ हेरेको मात्र थिए कि राष्ट्रकवि माधव प्रसाद घिमिरेज्यू को पो देहावशान भयो, भन्ने थाहा पाए । आज उहाँको पार्थिव शरीरमा आर्यघाटमा दाह संस्कार गरिने छ भन्ने समाचार उल्लेखित पाए । विहान उहाँको घरमा जान पनि प्रयास गरेको तर सफल भइएन । उहाँहरुका सवैको आपना आपना जनका कथा गाथा भोगाई अभियान चाहना भावना केलाउदा एउटा सिगो काम लाग्ने इतिहास पनि वन्दछ । उहाँहरुको गुणको चर्चा गर्दा मानिसहरुकालागि काम लाग्ने जीवनको मार्गचित्र वन्दछ ।
विगतमा म उहाँहरु सवैको गुणहरु मात्र केलाउने गर्दथे । किनभने दोषको सवै प्रतिमूर्ति त म आफै हो भन्ने मलाई लागेरनै जानेको प्रवोधन गरेर मात्र काम गर्दथे । यो मरो अप्रोच हो । यहाँ मलाई माधव प्रसाद घिमिरेको वारेमा केही कुरा लेख्न मनले चाहना गरेको छ ।
मैले जव गौरी शोक काव्य पढे कल्पनाका खानी, भावनाका सागर, सत्यका साक्षी ती माधव प्रसाद घिमिरे वरावरी कोही छैन भन्ने सोचेर मैले उनका कृति कविताहरु म खोजेर पढने सोच्ने र राख्नेपनि गर्न थाले । पछि छोरी एलिनाको २०५६मा देहान्त भएपछि तीन महिना जति म विछयौनामा सुतेर सोचिरहेको हुन्थ्ये । सो अवस्थामा मलाई पत्नि सर्मीलाले धेरै सान्त्वना तथा विस्मृतिको यादहरु दिएकोमा म अहिले सम्म आभारी छु । अनि मैले एक दिन माधव प्रसाद घिमिरेसगैको कार्यकममा छोरी सनुजालाई आज तिमी पनि मसग हिड भनेर लिएर गए । इलाम क्याम्पसको १४ न को सभाहल श्रोताहरुले टन्नै भरिएको थियो । छोरीले सो कार्यकम राम्रोसग सम्मिलित भएर सुनिन । यसमा कविको साथमा गुरुमा माहाकाली घिमिर भएको थियो । त्यही वताउनु भयो कि महाकाली गुरुमाले आफै मरेको सपना पो देख्नु भएको रहेछ । सो भने पछि त्यही शव्दलाई सिराने राखेर उहाँले “आज र मैले के देखे सपनी, मै मरी गएको भन्ने गीतको रचना गर्नु भएको रहेछ । त्यसमाथिनै स्वर सम्राट स्वर्गीय नारायण गोपालले गायन गर्नु भएको छ । यो सवैकालागि सुन्न जान्न र मनन गर्न लायक गीतकोरुपमा मानिन्छ म पनिसुन्ने प्रयास गर्दछु । त्यस कार्यक्रममा उहाँले यो नेपालको साहित्यको इतिहासमा लक्ष्मी प्रसाद देबकोटा, लेखनाथ पौडयाल र वाल कृष्ण समलाई अध्ययन गर्नु होस । त्यसमा मलाईपनि त जान्ने वुझने अनि अध्ययन गरी दिनु पर्दछ नि । नभएत मलाइपनि त न्याय हुदैन, मलाई न्याय त तपाइहरु पाठक सवैको चाहिन्छ, जसले मेरो साहित्यको चाहना गरी दिनुहुन्छ, भन्नु भयो । यो भनाई मलाई धेरै मन परेको छ ।
मेरा आदरणीय गुरु वरिष्ट अधिवक्ता कृष्ण प्रसाद भण्डारीले भन्ने गर्नु हुन्छ ।
२०१६ साद भाद्र महिनामा देवकोटा विरामी हँुदा हामीले जनस्तरबाट उठाएर २० हज्जार खर्च माधव प्रसाद घिमिरको साथ लगेर देवकोटाको परिवारलाई जिम्मा दिएका छौ ..वुभयो । मलाई राम्रो खुशी तथा सन्तोष लाग्दछ । स्व राष्ट्रकविज्यूले उहाँको अन्तरवार्तामा उहाँले भन्नु भएको छकि “यति लामो जीवनको रहश्यको कारण सकारात्मक सोच हो । साधापनमा रमाएर वाँच्ने कला हो” भनेको मलाई ज्यादै मन परेको छ । २००७ सालमा नै उहाले यति राम्रो सुन्दर कविता लेखनु भएको रहेछकि जो यस प्रकार तल उल्लेखित छ ः
ठूलो भैकनके भयो र जगमा नेपाल धूलो भए ।
धूलौ भैकन विच्छियू मत यही नेपाल ठूलो भए ।
हो, नेपाल ठूलो हुनेछ, नेपाल अजर अमर तथा अवछिन्न रहने छ । किनभने उहाँहरु जस्ता महान, अग्रज तथा यो राष्ट्रप्रेमि अभिभावकहरुले नेपालमा लागि साहित्यको मृत्युन्जय मन्त्रहरु हामीलाई छोडेर जानु भएको छ । यसको भाव भूमिमा हामी धेरै हात एकै साथ भएर काम गरिरहने छौ । सदैव सम्मmना गरी रहने छौ । आशिर वचन शिरोपर गरी काममा लागिरहने छौ ।
तपाईले भन्नु भएको थियो । मृत्यु त पारिजातको पूmलमा सविताको पहिलो किरण परेपछिको भूई झरेको जस्तो सवेदना रहित स्थिति हो, जो धरा धाममा समाहित हुन्छ । त्यसपछि आत्माले अन्तरीक्षमा र शरीरले धराधाममा महा यात्रामा प्रस्थान गर्दछ । परानी खरानी हुन्छ । ठूलो धूलो हुन्छ । यहाँ भएका,े नभएको हुन्छ । आम मानवकालागि यो भावनाले यस्तो प्रेरणा दिन्छकि हामीले जीवनको सजिलो बाटो रोज्न, अनि खोज्न सिकेका छौ ।
आजको यो पितृसम्झना गर्ने पावन औशी तिथीका दिनमा राष्ट्र कविज्यू तथा सवै माथि उल्लेखित महानुभावहरुको तपाइहरुको दिवगत आत्माको चीर शान्तिको कामना गदै श्रद्धान्जली व्यक्त गर्दछु, शोक संतप्त परिवार तथा साहित्य प्रेमीहरुमा हार्दिक समवेदना जाहेर गर्दै राष्ट्रकविको उहाँकै गौरी शोक काव्यमा उल्लेखित केही कविताका हरपहरु राखेर श्रदान्जली सर्पण गर्द‘छु ।
छैनन आज उनी, म रुन्छु, नहँुला, भोली म, मेरा रुनन ।
धरती मर्दछ, पर्सियो पिलपिले ताराहरु ती रुनन ।
सारा निष्टूर नाशको पछि याँहाँ आएर को रुन्छ हे ?
नाशैलाई छ सिर्जना सव भने रोएर के हुन्छ हे ।
विनित
प्रा. डा. नृसिह कुमार खत्री
हाल अनाम नगर काठमाण्डौ
नेपाल
साभारः प्रा.डा नृसिंहकुमार खत्रीको फेसबुकबाट ।
Tags: प्रा. डा. नृसिह कुमार खत्रीहार्दिक श्रद्धान्जली छोडेर जानेहरुलाई
ShareTweetPin
अघिल्लो समाचार

अकबरे खुर्सानीका १५ गुण

अर्को समाचार

इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरको सेवा शुरु

अर्को समाचार

इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरको सेवा शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.