इलाम, ३१ भदौः इलामको सिमावर्ती नाका पशुपतिनगरमा इलामका विभिन्न पालिकाका १३ जना करिब ११ देखि १४ वर्ष उमेर समुहका बालकहरु भारत तर्फ प्रस्थान गर्न लागेको बेला सोधपुछको लागि माइती नेपालले नियन्त्रणमा लिएको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले इलाम ग्रीनलाई जानकारी दिनु भएको छ । उनीहरु कुन उद्देश्यले अभिभावक विहिन भएर भारत जान लागेका हुन वा कसैले लग्न लागेको हो अनुसन्धान भईरहेको र निजको अभिभावकहरुलाई सम्पर्क गरेर आफ्ना बालकहरु फिर्ता लैजान माईती नेपालले खबर गरिसकिएको जानकारी प्राप्त भएको छ ।
विस्तृत जानकारी अभिभावकहरु सम्पर्कमा आएपछि गराईनेछ ।