इलाम, १८ साउनः नेपालको एकमात्र हर्टिकल्चर पढाई हुने इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययनरत हर्टिकल्चरका विद्यार्थीले आज साउन १८ गतेदेखि इलाम क्याम्पसमा तालाबन्दी गरेका छन् ।
आफूहरूलाई लोकसेवा आयोगमा हर्टिकल्चरसहित माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा पनि प्रतिस्पर्धा गर्न दिनुपर्ने उनीहरूको माग छ । यसैगरी मापदण्ड पुगेका विषयहरूमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रीकल्चर पढ्न पाउनुपर्ने पनि उनीहरूले माग राख्दै आएको करिब ५ वर्ष भई सम्दा पनि आफुहरुको माग सुनुवाई नभएकोले तालाबन्दी गर्नु परेको उनीहरुको भनाई छ ।
इलाम क्याम्पसको तालाबन्दी सहित क्याम्पस प्रमुख डा. डिएन फुएँल र आन्दोलनरत विद्यार्थीहरुको धारणा हाम्रो आधिकारिक फेसबुक पेज इलाम ग्रीनको यो ilam green लिंकमा हेर्न सक्नु हुनेछ ।