Friday, July 17, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

ग्रीन इलाम ग्रीन इलाम
July 5, 2026
भित्र मुख्य समाचार, राजनीति, समाज
Reading Time: 1 min read
0 0
A A
0
Nepali parliamentarian Rolina Limbu Subba speaking into a microphone while holding papers, surrounded by fellow parliament members in a formal meeting setting.
Share on FacebookShare on Twitter

Nepali parliamentarian Rolina Limbu Subba speaking into a microphone while holding papers, surrounded by fellow parliament members in a formal meeting setting.

काठमाडौँ । नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले मेची राजमार्गको सडक सीमाभित्र पर्ने भौतिक संरचनाहरू हटाउने सडक विभागको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको यस कदमप्रति तीव्र आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरेकी हुन्। सांसद सुब्बाले मेची राजमार्ग अन्तर्गत पर्ने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा नागरिकहरूको निकै घना बस्ती र ठुला बजारहरू रहेकाले ती संरचना भत्काउँदा लाखौँ नागरिक घरबारविहीन हुने स्पष्ट पारिन्। नागरिकलाई कुनै पनि विकल्प वा उचित क्षतिपूर्तिको व्यवस्था नगरी यसरी वर्षौँदेखि बसोबास गरिरहेका बस्तीहरू उजाड बनाउने कुरा किमार्थ मान्य नहुने उनको भनाइ थियो। सरकारले पहिले नै सडक सीमा तोकेर नागरिकलाई बस्ती बसाल्ने बेलामै सचेत गराउनु पर्नेमा त्यसो नगरेर अहिले आएर उठिबास लगाउन खोजेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् । डक विभागको सूचनाले पूर्वी पहाडका बासिन्दामा त्रास फैलिएको उल्लेख गर्दै उनले भनिन्, ‘झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग आजको होइन । यो पूर्वी पहाड र तराईलाई जोडने ऐतिहासिक जीवन रेखा हो । सार्वजनिक सडक ऐन २०३१ बमोजिम सोही समयमा सडक सीमा यकिन गरी सडक आसपासका नागरिकलाई कुनै पनि संरचना बनाउँदा रोक लगाउनु पर्दथ्यो । तर सडक सीमाबारे जानकारी नगराउँदा र नागरिकलाई पर्याप्त जानकारी नहुँदा यस क्षेत्रका लाखौँ नागरिकहरूले सडक सीमा भित्रै संरचना निर्माण गरेका छन् । सडक विस्तार गर्दा लाखौँ नागरिकको घरहरू भत्काउनुपर्ने अवस्था छ ।

यसो गर्दा सिङ्गो पूर्वी पहाड उजाड बन्छ भने यहाँका लाखौँ मानिसहरूको घर भत्किने छन् । र जीविकोपार्जनको माध्यम पनि बन्द हुन्छ । देशभरि नै सुकुमबासी बस्ती सोतर बनाएको बेला जनताहरू आतङ्कित र बेघरबार भएको बेलामा सडक विभागको यो सूचनाले इलामको जोरकलशदेखि पाँचथर हुँदै ताप्लेजुङको सुकेपोखरीसम्म तीन वटै जिल्लाका सडक वरपर बस्ने नागरिकहरु त्रसित भएका छन् । यो सडक वरपर धेरै ठुलो घना बस्ती र बजारहरू छन् । यो बेला बजार भत्काउने र ग्रामीण भेगका जनताले दुख पाउने सडक सीमा वरपरको भौतिक संरचना भत्काउने निर्णयमा पुनर्विचार गर्न म सरकारसँग माग गर्दछु ।’ सांसद सुब्बाले सरकारले आफ्ना नागरिकहरूलाई पूर्वसूचना र पूर्वतयारी विना यसरी अचानक दुःख दिने र आतङ्कित पार्ने काम तत्काल बन्द गर्नुपर्नेमा जोड दिइन्। पूर्वी पहाडी जिल्लाहरूको आर्थिक र सामाजिक मेरुदण्डका रूपमा रहेको बजार क्षेत्रलाई जोगाएर मात्रै विकासका कार्य अघि बढाउन उनले गृह र भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराइन्।

Ratopati

An infographic titled 'Green Ilam' with a green and white color scheme, promoting eco-friendly practices in Ilam, Koshi Province, Nepal. The image features illustrations of a plastic bag with a red 'X', a cloth bag with a green leaf, and icons representing anti-littering and anti-smoking campaigns. No specific people are visible.

Tags: इलामताप्लेजुङनेकपा एमालेपाँचथरभूमिका लिम्बू सुब्बामेची राजमार्गमेची राजमार्ग सडक सीमामेरो मेचीनगरसडक सीमासांसद भूमिका लिम्बू सुब्बा
ShareTweetPin
अघिल्लो समाचार

भारतीय गोदाममै थन्कियो नेपाली चिया

अर्को समाचार

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई

अर्को समाचार
Nepali Congress lawmaker Nishkal Rai speaking into a microphone during a parliamentary session, wearing a green suit jacket and white shirt, with a serious expression.

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.