Wednesday, April 22, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाम–२ मा उम्मेदवार चयन पार्टीको विधि, विधान र प्रक्रिया अनुसार हुन्छ : संयोजक खनाल

रातोपाटीबाट

ग्रीन इलाम ग्रीन इलाम
February 28, 2024
भित्र मुख्य समाचार, राजनीति, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम । सरकारले इलाम–२ मा आगामी बैशाख १५ गते उपनिर्वाचनको मिति तोकेको छ । मिति तोकिएसँगै निर्वाचन आयोगले चुनावको तयारीको थालेको छ । यससँगै सो क्षेत्रमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारका आकाङ्क्षीहरूको दौडधुप पनि बढेको छ । यहाँबाट पटक–पटक विजयी हुँदै आएका र राष्ट्रिय नेताको पहिचान बनाएका नेकपा एमालेका तत्कालीन उपाध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्बाङको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । एमालेले वर्षसम्म लगातार चुनाव जितेको यो क्षेत्रमा अब एमालेले कसलाई अघि सार्ला ? यसबारे सर्वत्र चासो छ । अर्कोतिर नेम्वाङको छायामा परेका दर्जनौँ नेता कार्यकर्ताले आकांक्षा देखाउँदा एमालेलाई आकाङ्क्षी व्यवस्थापन झन् सकस पर्ने देखिएको छ ।

तर आकाङ्क्षी व्यवस्थापनमा समस्या नहुने एमाले इलाम जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय समन्वय कमिटी संयोजक बुद्धि प्रसाद खनाल बताउँछन् । आफू स्वाभाविक रूपमै उम्मेदवारको दाबेदार रहेको बताएका खनालले विधि, विधान, प्रक्रिया एवम् उम्मेदवारको सक्रियता र योगदानका आधारमा एमालेले उम्मेदवार चयन गर्ने बताउँछन् । ‘म सबै आकांक्षीहरुलाई सम्मान गर्छु । लोकतन्त्रको सुन्दरता भनेको प्रतिस्पर्धा हो र लोकतन्त्रमा आकांक्षा सबैले राख्न पाइन्छ । तर हाम्रो पार्टीको आफ्नै विधि विधान छ , प्रक्रिया छ । सो अनुसार सङ्गठनले निर्णय गर्छ,’ उनले अगाडि भने,‘इलाम २ को सवालमा पार्टीका चार हजार सक्रिय सदस्य, मतदाता, शुभेच्छुकको भावना र मर्मलाई ख्याल गरेर अघि बढ्छौँ ।’

२०६३ पछि संविधान सभा अध्यक्ष सुवास नेम्बाङको स्वकीय सचिवका रुपमा निरन्तर काम गर्दै नेम्बाङलाई उक्त निर्वाचन क्षेत्रबाट पटक पटकका विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका खनालले उम्मेदवार चयनमा यस पटक एकदमै विवेक पु¥याउनुपर्ने बताए ।

उनले भने, ‘धेरै संचारमाध्यमतिर नेम्वाङप्रतिको सम्मान र सहानुभूतिको मत यस पटक पनि कायम रहने भनिएको छ । तर यसमा विश्वस्त हुन सकिदैन् । मेहेनत धेरै गर्नुपर्छ । उम्मेदवार मतदातासँग चिनिएको, भिजेको र घुलमिल भएको फिगर हुनुपर्छ ।’

०४७ सालमै आदर्श माविको अनेरास्ववियुको अध्यक्ष, ०५४ मा मरब क्याम्पस इकाई अध्यक्ष हुँदै ०६४ देखि निरन्तर इलाम २ को क्षेत्रीय समन्वय कमिटी संयोजक रहँदै आएका खनालले नेम्बाङ क्षेत्रमा आफू परिचित र बलियो उम्मेदवार भएको बताउने गरेका छन् । ‘उम्मेदवारको आकाङ्क्षा एकातिर छ तर म सङ्गठन जिताउनुपर्छ भन्ने पक्षमा छु । श्रद्धेय नेता सुवास नेम्वाङको योजना र इलाम विकासको परिकल्पना मैले नजिकबाट बुझेको छु । लगभग दुई दशक उहाँसँग सानिध्यमा बसेर काम गरेँ, हरेक मतदातासँग जोडिएर काम गरेको छु,’ उनले भने ।

इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि खनाल, गणेश बराल, रवीन्द्र सुवेदी, उदयबहादुर  राई, उमेश गुरुङ, सुहाङ नेम्बाङलगायतले उम्मेदवार बन्ने इच्छा देखाएका छन् । उम्मेदवार चयनको सिलसिलामा एमाले केन्द्रीय कमिटीले  प्रदेश कमिटी, प्रदेशले जिल्लालाई र जिल्लाले क्षेत्रीय कमिटीलाई आधिकारिक पत्रचार गरेपछि उम्मेदवार चयनको प्रक्रिया अघि बढ्ने पनि उनले जानकारी दिए । क्षेत्रीय समन्वय कमिटीले आएका प्रस्ताव उपर छलफल गरी पठाएका उम्मेदवारको नाम केन्द्रले टुंगो लगाउने प्रावधान रहेको उनले जानकारी दिए ।

रातोपाटीबाट

ShareTweetPin
अघिल्लो समाचार

इलाममा पकेट क्षेत्रमै मर्न थाले सुन्तलाका बोट, चिन्तामा किसान !!

अर्को समाचार

इलाम २ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईंको चर्चा

अर्को समाचार

इलाम २ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईंको चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.