इलाम, २१ कार्तिकः देउमाई नगरपालिकाको मंगलबारे बजार आसपास दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङको नतिजा नआएसम्मको लागि मंगलबारे बजार सिल गरिने भएको छ । शुक्रबार मंगलबारे बजार क्षेत्रका सरोकारवाला, व्यक्ति, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन र नगरपालिकाको संयुक्त छलफलले भोलि कार्तिक २२ गते बिहान ६ बजेदेखि कोरोना परिक्षणको नतिजा नआए सम्म मंगलबारे बजारको चाँपे खोलादेखि बुधबारेको देवीडाँडासम्मको क्षेत्र पुर्ण रुपमा सिल गर्ने निणर्य भएको देउमाई नगरपालिकाद्धारा प्रसारित विज्ञप्तीमा जनाईएको छ ।