राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनको तयारी सुरु गरेको छ । सोमबार बसेको पार्टी सचिवालयको बैठकले पार्टीले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचन लक्षित गरेर इलाम पठाउने भएको हो । इलामको बसाईमा बुर्लाकोटीले स्थानीयसँग भेटघाट, उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।
रातोपाटीबाट