इलाम, ९ माघः इलामको दुग्धजन्य उत्पादनको निकासी तथा बजारीकरणमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाको अध्यक्षता, जिल्ला समन्वय समिति, इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाको उपस्थिति रहेको थियो । इलामको दुग्धजन्य उत्पादनको निकासी तथा बजारीकरणमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रवक्ता नुतनदेव दुलालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा दुग्ध उत्पादक संहकारी संघका हेम कटृेल, राष्ट्रिय कृषक महासंघका राम मगर, जिल्ला सहकारी संघका लिला थापा, नेपाल पत्रकार महासंघका बिप्लव भटृराई, इलाम उद्योग वाणिज्य संघका कृष्ण पौडेल लगायत अन्य वक्ताहरुले आ–आप्mनो मन्तव्य राख्नु भएको थियो भने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समेत समस्या समाधानका लागि आप्mनो तर्पmबाट पहल हुने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा इलाममा उत्पादित दुधको गुणस्तर सुधार गरिनु पर्ने, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउनु पर्ने, संघ, प्रदेश र स्थानीय तहले समयमै समाधानको पहल गर्नु पर्ने, विदेशबाट आयात भइरहेको दुग्धजन्य उत्पादनलाई नियन्त्रणका लागि भन्सार विन्दुमा क्वारेन्टाइन चेक र नियन्त्रण हुनु पर्ने, दुग्ध विकास संस्थान बिराटनगरले किसानहरुलाई भुक्तान दिनु पर्ने रकम समयमा भुक्तान गर्ने गराउने व्यवस्था मिलाउनु पर्ने, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउने खालका नीति तथा कार्यक्रम लागू गर्नु पर्ने, गाईपालक कृषकहरुलाई समयानुकूल अनुदान, ऋण सुविधा तथा बीमा र प्रशिक्षणको व्यवस्था हुनु पर्ने, इलाम सदरमुकाममा स्थापित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा डाक्टरको व्यवस्था बढाउनु पर्ने, खोरेत खोप लगायतका गाई भैसीमा लगाइने खोप समयमै उपलब्ध गराउनु पर्ने, इलाममा उत्पादित दुग्धजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणका लागि आवश्यक नीति तथा कार्यक्रम आउनु पर्ने, दुग्धजन्य उत्पादनमा आधारित उद्योग स्थापनाका लागि कार्यक्रम आउनु पर्ने, दुग्ध विकास संस्थान बिराटनगर अन्तर्गत रहेका पुवाखोला चिस्यान केन्द्र र बाघखोर चिस्यान केन्द्रलाई यथाशीघ्र सुचारु गराउनु पर्ने लगायतको समाधानका उपायहरुमा जोड दिइएको थियो । अन्तरक्रिया कार्यक्रमको पहिलो सत्रमा इलाम नगरपालिकाको पशु विकास शाखाको तर्पmबाट प्राविधिक सहायक प्रकाश लुइटेलले समस्या र समाधानका उपायहरुका बारेमा प्रस्तुतीकरण राख्नु भएको थियो ।