इलाम, २३ असोजः इलामबाट रोजगारीको लागि भारतको सिक्किम पुगेका केही नेपाली विगत एक सातादेखि सम्पर्कबिहीन बनेका छन् । इलाम नगरपालिका ९ का उनीहरु यही असोज १६ गतेदेखि परिवारको सम्पर्कमा नआएका इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।
उनका अनुसार ‘हिजोसम्म १० जना नेपाली सम्पर्कमा नभएको जानकारी हामीलाई आफन्त र छिमेकीबाट आएको थियो,’चौहानले मंगलबार बिहान नेपालखबरसँग भने, ‘हामीले यताबाट रोजागरीको लागि सिक्किम गएका को को सम्पर्कमा छैनन् भनेर खोजी गर्दा हराएका भनिएका ६ जना सम्पर्कमा आइसकेको जानकारी पायौँ। चार जना भने अझै परिवारको सम्पर्कमा आउनु भएको छैन। उहाँहरुको अवस्थाको विषयमा हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ।’