इलाम, २ असोजः नेपाल सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । जस मध्ये इलाम जिल्लाबाट ३ जनाले नेपाल विभुषण क बाट विभुषित हुनु भएको छ । यसरी विभुषित हुनेमा दिनानाथ (डि.एन.) पराजुलीले वि.सं.२०७४ सालमा त्रिभुवन विश्व विद्यालयबाट कानुन विषयमा विद्यावारिधि प्राप्त गर्नु भएको थियो त्यस्तै कमलकुमार पौडे्लले वि.सं.२०७७ सालमा त्रिभुवन विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि प्राप्त गर्नु भएको थियो भने सन् २०२१ मा जोनबुक विश्वविद्यालय दक्षिण कोरियाबाट ईन्जिनियरङि विषयमा विद्यावारिधि प्राप्त गर्नु भएका टंक मुखिया रहनु भएको छ । उहाँहरु तीनै जनालाई इलाम ग्रीन परिवारबाट हार्दिक बधाई छ ।