Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

ग्रीन इलाम ग्रीन इलाम
September 10, 2023
भित्र अर्थ, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

ताप्लेजुङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल  बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । बजारमा आउन थालेसँगै नयाँ अलैँचीले राम्रो मूल्य पाउँदा संलग्न किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) रु ५६ हजारसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन रु ५५ देखि ५६ हजारसम्ममा कारोबार भइरहेको बताए । रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन रु २४ देखि २७ हजारमात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले कारोबार भइरहेको अलैँचीको मूल्य धेरै राम्रो भएको बताए । अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन रु ६० हजारमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन रु ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने रु ५६ हजारमा कारोबार भइरहेको उनले जानकारी दिए। उनले दुई–चार हजार मूल्यमा तलमाथि हुने गरेको भए पनि अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी भएकाले आकर्षक मूल्यका रूपमा लिँदै आएको बताए ।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने छ । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भर रहेको हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ । यता यस वर्ष अलैँची उत्पादनमा भने निकै गिरावट आउने बताइएको छ । विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन् । फूल खेल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा अज्ञात रोगले अलैँची मरेका कारण उत्पादनमा ह्रास आउने किसानको भनाइ छ ।

त्यस्तै गत असार–साउनमा गएको बाढीपहिराले समेत केही क्षेत्रमा अलैँचीखेती बगाएका कारण उत्पादनमा कमी आउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका प्रेम बुडाक्षेत्रीले बताए । स्थानीय किसानले दाबी गरेअनुसार आधा नभई यस वर्ष २५ देखि ३० प्रतिशतसम्म उत्पादन घट्नसक्ने व्यवसायीले अनुमान लगाएका छन् । सुक्खा मौसम (खडेरी), रोग तथा असिनाको असर सबैतिर नपरेकाले अलैँची उत्पादनमा घट्ने व्यवसायी बताउँछन् । अलैँचीखेती भने ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ ।
राससबाट

ShareTweetPin
अघिल्लो समाचार

पाँचथरको फालेलुङमा प्रहरी चौकी स्थापना

अर्को समाचार

खुर्सानीको राजा ‘अकबरे’को बजार बढ्दो

अर्को समाचार

खुर्सानीको राजा 'अकबरे’को बजार बढ्दो

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.