Friday, April 17, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

यस वर्षको मलमास आजबाट सकियो !!!

ग्रीन इलाम ग्रीन इलाम
August 16, 2023
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलामः यस वर्षको दिव्य पुरुषोत्तम मासको आजबाट बिधिवत समापन हुँदैछ । आज दिव्य पुरुषोत्तम मासको व्रतको उद्यापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा विभिन्न तीर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्व सिद्धि श्रीमद्भागवत महायज्ञ अनि यज्ञादि पनि सागें गरिन्छ । यसका साथै नेपाल अनि भारतका विभिन्न ठाउँमा अधिक मासको समयमा पदयात्रा र परिक्रमा गर्ने चलन छ जसको पनि विधीवत अन्त्य आजैबाट हुनेछ । मलमास भनिएका कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिक मासले बिलौना गरेपछि अधिक मासको स्वामित्व भगवान् विष्णु ले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास विशेष मानिन्छ, अतः यस दुर्लभ पुरुषोत्तम मासमा दान पुण्य, व्रत बस्नाले अधिक फल प्राप्त हुन्छ ।
भविष्य पुराणका अनुसार भगवान् श्री कृष्ण स्वयमले अधिक मासमा व्रत लिने, दान पुण्य गर्ने अनि शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन् फल प्राप्त हुने, पाप र कष्ट मोचन हुने भनी उल्लेख गरेको छ। पद्म पुराणले पनि अधिक मास अनि श्री कृष्णलाई जोडेर वहाँकै शब्दमा हरेक मानवले अधिक मासमा दान पुण्य गर्न जरुरी रहेको बताएको छ र यसका साथै श्री कृष्णको अर्चना, भागवत गीताको पाठ अनि बत्ती या दियोको दान र प्रज्वलनलाई विशेष मानेको पाइन्छ ।
शकुनि, चतुष्पद, नाग व किंस्तुघ्न यी चार करणलाई रवि अर्थात् सूर्यको मल भनिने गरिन्छ तसर्थ यी कुराहरू सङ्क्रान्तिसँग जोडिएका हुनाले यस महिनाले मलमास पनि भनिएको हो । आजबाट मलमास, अधिक मास र पुरुषोत्तम मासको अन्त भएको छ ।
संक्षेपमा मलमास
सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्य मासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्र मासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्र मास हुन्छ। सामान्य रूपमा तिथिहरू चन्द्र मास अनि गतेहरू सौर्य मास भनेर बुझ्न सकिन्छ । यसरी सौर्य मासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्र मासको गणनामा ३५४ दिनको एक वर्ष हुन्छ। यसरी प्रत्येक साल चन्द्र मास सौर्य मास भन्दा ११ दिनले पछि हुँदै आउँछ अनि ३ वर्षमा ३३ दिन ले चन्द्र मास र सौर्य मासको फरक पार्दछ जसलाई अधिक मास या मलमासले मिलाप गरिन्छ । यस वर्षको अधिक मास या मलमासको आज समापन हुँदै छ, आजबाट अबको ३ वर्षका लागि मलमास आउनेछैनन् । विसं ८० मा श्रावणमा मलमास परेकाले रक्षा बन्धन, सोह्र श्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका हुन। मलमासमा नगरिएका शुभकार्यहरु विवाह, व्रतबन्ध आदि अब मलमासको समापन सँगै सुरु हुनेछन् । मलमासमा पानी बार्न माइत गएका पत्नीहरू आजबाट पुन घर फर्कने क्रम सुरु हुनेछ भने सामान्य मासहरू अब सुरु भएका छन् ।
हाम्रो पात्रोबाट

ShareTweetPin
अघिल्लो समाचार

हिमाल दोलखा हाइड्रोपावरको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

अर्को समाचार

उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

अर्को समाचार

उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.