इलाम, ३१ भदौः निजी तथा आवाशिय विद्यालयहरुको संगठन प्याब्सनको इलाम नगरको अधिवेशनले कुशबहादुर थेवेलाई पुन अध्यक्षमा चयन गरेको छ । सदरमुकाममा बिहीबार सम्पन्न दोस्रो अधिवेशनबाट थेवे पुन अध्यक्ष चयन भएका हुन । त्यस्तै प्याब्सन इलाम नगरको सचिवमा सिनेट श्रेष्ठ, कोषाध्यक्ष भुपाल थापा तथा सदस्यहरुमा राजन माईकल गुरुङ, रोशन श्रेष्ठ, सुनिता कर्माचार्य र राजेन्द्र पौडे्ल सर्वसम्मत रुपमा चयन भएको ग्रीन भ्याली एकाडेमीका शिक्षक भुपाल रिजालले जानकारी दिएका छन् । कार्यक्रम इलाम नगरपालिकाका मेयर महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।