इलाम, १६ भदौ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइले १५२ कर्मचारी माग गरेको छ । परियोजनाले बिहीबार एक सूचना जारी गर्दै करारमा १ सय ५२ कृषि प्राविधिक कर्मचारीको माग गरेको हो । जसमा कृषि अधिकृत ३६ जना, पशु विकास अधिकृत ७ जना, नायब प्राविधिक सहायक ८२ जना र नायब पशु सेवा प्राविधिक २७ जना मागिएको छ । ‘कृषि प्राविधिक कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०७८’ बमोजिम करारमा कर्मचारी माग गरिएकाले हो । इच्छुक उम्मेदवारले असोज ६ गतेसम्ममा आवेदन दिइ सक्नु पर्नेछ । आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट आवेदन दिन सक्ने पनि सूचनामा बताइएको छ । एकाइका अनुसार कर्मचारीको माग संख्या थपघट भएमा संशोधित विवरण वेभसाइट उल्लेख हुने छ ।