Saturday, May 2, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

अलैंची निर्यात ३१ प्रतिशतले घट्यो, निरन्तर मूल्य घट्दा विस्थापन हुँदै किसान

अलैंची उत्पादनमा इलामको हिस्सा १०%, सबै भन्दा बढी ताप्लेजुङमा २७%

ग्रीन इलाम ग्रीन इलाम
September 1, 2022
भित्र अर्थ, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १६ भदौः नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तुको हो अलैंची । वैदेशिक व्यापार घाटा कम गर्न ठूलो योगदान रहेको अलैंची देशभर ४३ भन्दा बढी जिल्लामा उत्पादन हुँदै आएको छ । करिब ७० हजारभन्दा बढी परिवार आश्रित रहेको अलैंची क्षेत्रबाट नेपालले वार्षिक अर्बौ रुपैयाँको निर्यात गर्दै आएको छ । उत्पादनमध्ये ४ प्रतिशतमात्रै नेपाली बजारमा खपत हुने अलैंची पूर्ण रुपमा निर्यात हुने गर्छ । तर, पछिल्लो समय अलैंचीको निर्यात घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३१.४६ प्रतिशतले निर्यात घटेको छ। नेपालले गत वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको ५३ लाख ६७ हजार ४४३ केजी अलैंची निर्यात गरेको तथ्याङ्क छ । नेपालले आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब २ करोड २४ लाख ९३ हजार रुपैयाँ बराबरको ८८ लाख ५७ हजार ३४२ केजी अलैंची निर्यात गरेको थियो । सो रकम र परिमाणमा निर्यात भएको तथ्याङ्क हालसम्मकै उच्च हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष भने ३१ प्रतिशतले घटेको तथ्याङ्क छ ।

त्यस्तै, नेपालले आव २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लाखको र आव २०७५/७६ मा ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँको निर्यात गरेको थियो । नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले गत वर्ष उत्पादन २० प्रतिशतले घटेकाले निर्यात सोहीअनुसार कम भएको बताए । उनकाअनुसार अघिल्लो वर्ष उच्च उत्पादन भएकाले निर्यात पनि हालसम्मकै बढी भएको थियो । तर, गत वर्ष भने उत्पादन कम हुँदा प्रत्यक्ष असर निर्यातमा देखिएको छ । तर, यस सरकारी तथ्याङ्कले भने गत वर्ष सबैभन्दा बढी अलैंची उत्पादन भएको उल्लेख छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत वर्ष ११ हजार ६२१ मेट्रिक टन अलैंची उत्पादन भएको देखाउँछ । जुन विगतको वर्षहरूमा सो परिमाणमा उत्पादन हुन सकेको थिएन ।

आर्थिक सर्वेक्षणअनुुसार आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ५ सय मेट्रिक टन, आव २०७५/७६ मा ७ हजार ९५४ मेट्रिक टन, आव २०७६/७७ मा ९ हजार ५४५ मेट्रिक टन र आव २०७७/७८ मा ८ हजार २८९ मेट्रिक टन उत्पादन भएको थियो । सरकारी तथ्याङ्क अनुसार वर्षेनी अलैंची उत्पादन बढ्दै गएको देखिएपनि वास्तविकता भने घट्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् । अध्यक्ष भट्टराईले पनि पछिल्लो समय अलैंचीको उत्पादन घट्दो क्रममा रहेको बताए । ‘गत वर्ष उत्पादन पनि कम र मूल्य पनि घटेको थियो । जसले गर्दा अलैंचीको निर्यात उच्च घटेको हो,’ उनले भने । त्यसैगरी, अलैंची मसलाजन्य वस्तु भएकाले माग र आपूर्तिको आधारमा निर्यात हुने उनको भनाइ छ ।

घट्दो क्रममा मूल्य

विगतमा प्रतिकेजी नै २५ सय रुपैयाँसम्म बिक्री भएको अलैंचीको मूल्य भने पछिल्लो समय घट्दो क्रममा रहेको संघले जनाएको छ । संघकाअनुसार २०७० सालदेखि अलैंचीको मूल्य घट्दो क्रममा छ । कुनैबेला प्रतिकेजी २५ सय र प्रतिमन (४० केजी) को १ लाख रुपैयाँको हाराहारीमा बिक्री भएको अलैंची अहिले प्रतिकेजी ७ सयदेखि ८ सयसम्म र प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ । यो वर्ष आलैंची प्रतिमन ३२ हजार रुपैयाँमा बिक्री भइरहेको छ । नेपालमा पछिल्लो समय पहाडका अधिकांश क्षेत्रका किसानहरू अलैंची खेतीमा जोड दिँदै आएका थिए । तर, किसानहरूले भनेअनुसार मूल्य नपाएपछि विस्तारै अन्य क्षेत्रका व्यवसायमा आकर्षित हुन थालेका छन् ।

त्यस्तै, कुनैबेला २० हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको अलैंची अहिले १७ हजार हेक्टरमा सीमित भएको छ । आव २०७४/७५ मा १८ हजार हेक्टर क्षेत्रफल र आव २०७५/७६ मा २० हजार ८८० हेक्टर क्षेत्रफलमा फैलिएको अलैंची खेती गत वर्ष १७ हजार १५ हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ । आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफल र आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा खेती भएको थियो ।

भारतको उत्पादनले नेपाली बजारमा असर

भारतमा अलैंची उत्पादन नेपालभन्दा पनि अगाडिदेखि नै हुँदै आएको हो । भारतको सिक्किमबाट शुरु भएको अलैंचीखेती पछिल्लो समय भारतका विभिन्न प्रान्तमा व्यवसायिक रुपमा हुन थालेको छ । भारत सरकारले अलैंची खेतीका लागि विभिन्न प्रकारका अनुदान तथा सहुलियतको व्यवस्थाले गर्दा विगत ५ वर्षदेखि भारतमै उच्च उत्पादन भइरहेको अवस्था छ । भारतमा उत्पादन बढेसँगै नेपाली अलैंचीले बजार र मूल्य कम पाउन थालेको व्यवसायीहरूको भनाइ छ । ‘भारतमा अलैंची उत्पादन भएसँगै नेपालको अलैंचीको व्यापारमा प्रत्यक्ष असर पारेको छ,’ उनले भने, ‘अहिले मूल्यसँगै बजार पनि खुम्चिन पुगेको छ ।’

नेपालले गत वर्ष ४ अर्ब ८१ करोडको अलैंची निर्यात गर्दा भारततर्फ मात्रै ४ अर्ब ७७ करोड ८९ लाख रुपैयाँको ५२ लाख ९७ हजार केजी अलैंची निकासी गरेको थियो । साथै, बाँकी ३ करोड ४४ लाख रुपैयाँको ७० हजार केजी पाकिस्तान निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । साथै, भारतले अझै व्यवसायिक रुपमा उत्पादन बढाउने हो भने नेपालको अलैंचीले मूल्य नै नपाउने उनको भनाइ छ । अहिले पनि अस्साममा उत्पादन भएको अलैंची बजारमा आउन थालेपछि नेपालको अलैंचीको माग हुँदैन । त्यसैले, भारतको उत्पादनले गर्दा नेपाली बजारको अलैंचीमा ह्रास आइरहेको उनले बताए ।

सम्भावित देशमा पठाउने तयारी

विगत लामो समयदेखि अधिकांश भारत र केही मात्रामा पाकिस्तानमा मात्रै निर्यात हुँदै आएको अलैंचीलाई अन्य देशमा पनि निर्यात गर्ने तयारी गरेको छ । भारतमा मात्रै नभएर अन्य देशमा पनि निर्यात गर्ने तयारी भइरहेको भट्टराईले बताए । युएई, कतार, साउदी अरेबिया, इरान, इराक, अफगानिस्तानमा अलैंची पठाउन सक्ने अवस्था छ । त्यसैले, आगामी दिनमा सो देशहरूमा निर्यात गर्नका लागि कार्यहरू भइरहेको छ । ‘अहिले विश्वका विभिन्न देशहरूमा नेपालको अलैंची मसलाको रुपमा एक, दुई वटा प्याकेटमा निर्यात भइरहेको अवस्था छ । तर, तथ्याङ्कमा देखिँदैन,’ उनले भने, ‘सम्भवत यो वर्षदेखि नै साना साना भए पनि कन्टेनरहरूलाईं वायर हाउसमा राखेर माग भएको देशमा निर्यात गर्ने तयारी गरेको छ ।’

नेपालमा ४३ वटा जिल्लामा अलैंची उत्पादन हुँदै आएको भनिए पनि अहिले ५३ वटा जिल्लामा उत्पादन हुने गरेको संघले जनाएको छ । त्यसमध्ये ताप्लेजुङले मात्रै २७ प्रतिशत ओगटेको छ । त्यसपछि संखुवासभाले २१ प्रतिशत, पाँचथरले १२ प्रतिशत, इलामले १० प्रतिशत र खोटाङले ८ प्रतिशत ओगटेको छ भने बाँकी २२ प्रतिशत धनकुटा, तेह्रथुम लमजुङ, गोर्खा, दोलखा, रामेछाप, काभ्रे, कास्कीलगायतका जिल्लामा उत्पादन हुने गरेको छ ।

ShareTweetPin
अघिल्लो समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माग्यो देशभरीबाट १५२ जना कर्मचारी

अर्को समाचार

सानिमा माई हाइड्रोपावरको लाभांश आधा नै घट्यो

अर्को समाचार

सानिमा माई हाइड्रोपावरको लाभांश आधा नै घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.