Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

५ लाखमा दीपाले खोलेको ‘ललिपप’ उद्योग, वार्षिक ३५ लाखको कारोबार

'कुखुरा पाल्दा छिमेकीले दुर्गन्ध भयो भने, सुगन्ध दिनुपर्‍यो भनेर ललिपप उद्योग खोलेँ'

ग्रीन इलाम ग्रीन इलाम
August 25, 2022
भित्र अर्थ, पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

सविना कार्की

ललिपप! संसारभरका अधिकांश केटाकेटीले रूचाउने मिठाइ। सानो प्लास्टिकको डन्डीमाथि गोलाकार वा अरू आकार दिएर बनाएको मिठाइको स्वादले वयस्कलाई पनि लोभ्याउँछ। नेपालको पूर्वी पहाडी जिल्ला इलाममा भने ललिपपको बेग्लै स्वरूप र स्वाद पाइन्छ। पातलो रंगीबिरंगी प्लास्टिकमा सामान्य चकलेटझैं पोको पारिएको यो ललिपप इलामको कोसेलीका रूपमा प्रख्यात छ। साँच्चै! इलामको यो विशेष ललिपपको स्वाद देशमा अरू ठाउँमा पाइँदैन। इलामकी बासिन्दा ४५ वर्षीया दीपा गुरूङ यही ललिपपलाई नेपालभर पुर्‍याउन चाहन्छिन्। अनि यही उद्देश्य पूरा गर्न उनले रोजगारीका लागि विदेशमा रहेका श्रीमानलाई घर फर्काएकी छिन्। ‘विदेशमा रहेका श्रीमान ललिपपको बजार बढाउन स्वदेश फर्किनुभएको छ,’ दीपाले भनिन्, ‘अहिले उहाँ बजार हेर्नुहुन्छ, म भित्रको काम हेर्छु।’ गुरुङ दम्पतीले अहिले इलामका धेरै बजारमा आफ्नो उत्पादन पुर्‍याएका छन्। काठमाडौं लगायत देशका ठूला सहरमा पनि पुर्‍याउने लक्ष्य लिएर अघि बढेका छन्। यही लक्ष्यका साथ दीपा गत साता ललिपप बोकेर व्यापार सम्बन्धी एक अन्तर्राष्ट्रिय मेलामा ललितपुर आएकी थिइन्।

दीपाले ललिपप बनाउन थालेको करिब दस वर्ष भयो। उनको उद्योग इलामको जिरो किलोमिटरनजिकै छ। उद्योगको नाम हो, ‘ग्रीन सिटी इलाम ललिपप उद्योग।’ यो उद्योगले उपहारका सामान, ललिपप, बम्बइसन, मिल्क क्यान्डी लगायत गरी ६ थरी उत्पादन गर्छ। दीपाका अनुसार सबै परिकार बन्ने चाहिँ खुवाबाट हो। खुवाबाट बन्ने भएकैले यसको खपतको म्याद दुई महिना मात्र हुन्छ। ‘दैनिक रूपमा गाईको एक हजार दुई सय लिटर दूधबाट दुई सय पचास किलो खुवा बनाउँछु,’ उनले भनिन्। परिकार हेरेर चिनी, दूध, घिउ, बदामको स्वाद लगायत प्रयोग हुन्छ। ललिपपको आकार र प्याकेजिङअनुसार मूल्य फरक छ। कम्तीमा पचास रूपैयाँ र बढीमा सय रूपैयाँको प्याकेट हुन्छ। एउटा प्याकेटमा एघार वटा ललिपप हुन्छन्।

दीपाको यो उद्योगमा पचास जनाले रोजगारी पाएका छन्। उनीहरू खुवा, ललिपप बनाउने र प्याकेजिङको काममा व्यस्त हुन्छन्। उद्योगमा स्थानीय महिला धेरै छन्, पुरुष तीन जना मात्र। ‘लामो समयदेखि दिदीबहिनीहरू उद्योगमा काम गरिरहनुभएको छ,’ दीपाले भनिन्, ‘आत्मनिर्भर बन्न पनि उहाँहरू मेहनत गर्नुहुन्छ।’ यहाँ बिहान सात बजेदेखि साँझ छ बजेसम्म कामको धमाधम हुन्छ। उद्योगमा आंशिक समय (पार्ट-टाइम) काम गर्नेहरू पनि छन्। ‘पार्ट-टाइम काम गर्नेहरू प्रायः क्याम्पसका विद्यार्थी छन्,’ उनले भनिन्, ‘सबैको मेहनतले ललिपप उद्योग फस्टाएको छ।’ उद्योगमा बनाएको खुवाले मात्रै उत्पादन गर्न पुग्दैन। त्यसैले दीपा गाउँबाट पनि किन्छिन्। उनलाई खुवा बेच्ने महिलाहरू पनि स्वरोजगार भएका छन्। केही वर्षयता दीपाले ललिपप उद्योगबाट वार्षिक कम्तीमा ३५ लाख रूपैयाँको कारोबार गरिरहेकी छन्। लगानी बढाउँदै र बजार विस्तार गर्ने योजना उनको छ।

‘इलामको ललिपप र चकलेट विदेशी पर्यटकले पनि निकै रूचाउनुहुन्छ,’ उनले भनिन्। झापामा जन्मेकी दीपा पहिल्यैदखि स्वरोजगार उद्यमी बन्न चाहन्थिन्। बिहे गरेर इलाम पुगेकी उनका श्रीमान वैदेशिक रोजगारीका लागि कतार गए। उनले भने नजिकैको एक सहकारी कार्यालयमा काम गरिन्। त्यहाँ पैसा संकलनको काम गर्थिन्। उनको ध्यान भने कुनै न कुनै व्यवसाय नै गर्नुपर्छ भन्नेमै लागिरह्यो। त्यसैले एक वर्षमै सहकारीको काम छोडिन्। त्यसपछि के गर्ने होला भनेर सोच्दै जाँदा कुखुरापालन गर्ने निधो गरिन्। ‘त्यो बेला ब्रोइलर कुखुराको माग थियो। लगानी गरेँ,’ उनले भनिन्। इलाम बजारमा रहेको आफ्नै घरमा उनले कुखुरा पाल्न थालिन्। थोरै भए पनि नाफा भएकै थियो। आफ्नै काम भएपछि खुसी थिइन्। तर उनी मात्र खुसी भएर भएन, छिमेकीहरू रिसाए।

‘छिमेकीले कुखुराले दुर्गन्ध बढायो भनेर पाल्न दिएनन्। अनि त सबै कुखुरा बेचेर काम बन्द गरेँ,’ उनले भनिन्, ‘दुई वर्ष चलेर बन्द भयो।’ हिम्मत हार्ने कुरा थिएन। अब के गर्ने? त्यही बेला उनलाई स्वादिलो ललिपपले तान्यो। ‘दुर्गन्ध भयो भनेर छिमेकीहरूले कुखुरा पाल्न दिएनन्। उनीहरूलाई सुगन्ध दिनुपर्‍यो भनेर ललिपप उद्योगमा आएँ,’ उनले हाँस्दै भनिन्। ललिपप उत्पादन त गर्ने, तर कसरी? दीपालाई केही थाहा थिएन। घरनजिकै ललिपप बनाउने सानो एउटा उद्योग थियो। उनी कर्मचारी भएर त्यहीँ काम गर्न गइन्। ‘केही समय काम सिक्छु, त्यसपछि आफैं उद्योग खोल्छु भन्ने अठोटका साथ गएँ,’ उनले भनिन्। सोचेजस्तै भयो। उनले काम देखिन्। बुझिन्। दूधबाट खुवा बनाउन र खुवाबाट ललिपप बनाउन सिकिन्। बजार थाहा पाइन्। यसरी एक वर्ष काम गरिन्। अनि दीपामा उद्योग खोल्ने आँट बलियो भयो।

अब चाहियो लगानी। उनीसँग पुग्ने गरी पैसा थिएन। आफ्नै घरमा उद्योग राख्ने र कम खर्चमा चलाउने गरी परिवारमा सल्लाह गरिन्। घरसल्लाह मिल्यो। स्थानीय एक सहकारी संस्थाबाट केही रकम ऋण लिइन्। आफन्तसँग सरसापट पनि गरिन्। जसोतसो पाँच लाख रूपैयाँ जुट्यो। उद्योग दर्ता गराइन्। यसरी २०६९ सालमा सुरू भयो उनको ललिपप उद्योग। लगानी थोरै भएकाले अत्यावश्यक सामग्री मात्रै किनिन्। स्थानीय छ जना महिलालाई पारिश्रमिक दिएर काममा लगाइन्। पहिलो दिन उनले सय लिटर दूधको खुवा बनाइन्। ललिपप बनाएर छरछिमेकी र आफन्तलाई बाँडिन्। सबैलाई स्वाद खुब मनपर्‍यो। अब सुरू भयो व्यावसायिक उत्पादन। सुरूमा तीन किसिमका ललिपप बनाएर बजार पठाइन्। दीपाले काम जानेकै थिइन्। नौलो भएन, कठिनाइ पनि भएन। दीपाका अनुसार बजारमा ग्रीन सिटीले उत्पादन गरेको ललिपपको माग बढ्दै गयो। एक वर्षमै तीस जनाले काम पाए। उनले भनिन्, ‘नसोचेको व्यापार हुन थाल्यो। माग बढ्दै गयो। उत्पादन पनि बढाउँदै गएँ।’

त्यसो त इलाम ललिपपको भण्डार नै हो। निकै पुराना र नाम चलेका ब्रान्डका ललिपप छन्। तैपनि दीपालाई बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भएन। उनले बनाएको ललिपपको स्वादले साथ दियो। स्वाद मिठो भएपछि नयाँ र पुरानो ब्रान्ड भन्ने नहुने रहेछ भन्ने उनलाई लागेको छ। ग्राहकले खोज्ने त स्वादिलो र गुणस्तरीय नै हो! दीपाले करिब दुई वर्ष हातैले मिठाइ बनाइन्। त्यसपछि तीन लाख चालीस हजार रूपैयाँ हालेर दुइटा मेसिन किनिन्। दीपा र उद्योगमा कार्यरत सबैलाई मेसिन चलाउन कम्पनीले नै सिकाइदियो। ‘अहिले सबै काम मेसिनबाटै हुन्छ,’ दीपा भन्छिन्, ‘हातले बनाउँदा समय र श्रम बढी खर्च हुन्थ्यो, अहिले सजिलो छ।’ गत वर्ष उनले कोरोना राहत अन्तर्गत सरकारबाट थप दुइटा मेसिन अनुदानमा पाइन्। यसले अहिले उत्पादन बढाएको छ। तर कोरोनाकाल अरूजस्तै उनको उद्योगका लागि पनि समस्या बनेको थियो।

चैत–वैशाख इलाममा ललिपपको सिजन हो। त्यो बेलाका लागि भनेर उनले त्यहीअनुसार उत्पादन गरेकी थिइन्। एक्कासि लकडाउन भयो। हिँडडुल ठप्प भयो। ललिपप बिकेन। धेरै समय राख्न सकिने पनि होइन। ‘सिजनमै कोभिडले लडायो। करिब ५० लाख रूपैयाँको ललिपप खोलामा फ्याँकेँ,’ दीपाले त्यो समयको नोक्सानीबारे सुनाइन्।  महामारी मत्थर हुँदै गएपछि उनले फेरि ऋण लिइन् र व्यवसाय अघि बढाइन्। यसरी काम गर्न सक्नुमा आफूलाई धैर्यले साथ दिएको उनी बताउँछिन्।  ‘धैर्य नै सबैभन्दा ठूलो शक्ति रहेछ भन्ने लागेको छ। नआत्तिकन धैर्य साथ काम गर्न सक्नेहरू एक दिन अवश्य सफल हुन्छन्,’ उनी भन्छिन्। दीपाको आम्दानीको स्रोत ललिपप उद्योग नै हो। सबै खर्च यसैबाट धानिएको छ। अब उनी नयाँ स्वादका उत्पादन थप्ने योजनामा छिन्। उत्पादनसँगै बजार पनि बढ्नु पर्छ। रोजगारीका लागि कतार गएका श्रीमान फर्किएर बजार विस्तारमा सक्रिय छन्। श्रीमानश्रीमती दुवै जना ललिपपलाई देशभर पुर्‍याउन कस्सिएका छन्। यही उद्योगबाट दीपाले सम्मान पनि पाएकी छन्। गत वर्ष ‘राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार’ बाट उनी सम्मानित भएकी थिइन्। यस्तो सम्मानबाट उनलाई काममा थप ऊर्जा अनुभव भएको छ। त्यसैले महिलाहरूलाई केही न केही उद्यम गरेर आत्मनिर्भर हुन दीपा सुझाउँछिन्। भन्छिन्, ‘सानै सही, काम सुरू गरेर ठूलो बनाउँदै जाने हो।’

तस्बिरहरूः नवीनबाबु गुरुङ/

साभार:सेतोपाटी

ShareTweetPin
अघिल्लो समाचार

समाजवादीले सिफारिस गर्यो इलामको उम्मेद्धारको नाम

अर्को समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माग्यो देशभरीबाट १५२ जना कर्मचारी

अर्को समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माग्यो देशभरीबाट १५२ जना कर्मचारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.