Tuesday, July 28, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, अर्थ, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

A serene landscape of lush green tea gardens with neatly manicured rows of tea plants on rolling hills, with a few trees scattered across the upper part of the image. In the foreground, a transparent glass teacup filled with golden-brown tea and a tea bag is placed on a matching saucer, seemingly floating in front of the natural scenery. The background showcases a bright outdoor scene under natural daylight with a partly cloudy sky.

नेपालको आर्थिक समृद्धिको बलियो आधार मानिएको चिया क्षेत्रले आफ्नो स्थापनाको १६२ औं वर्ष पार गर्दै गर्दा ३० औं राष्ट्रिय चिया दिवस मनाउँदैछ । ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ यो वर्षको राष्ट्रिय चिया दिवस आज चियाको उद्गमस्थल इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा विशेष समारोहका बिच मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन र तथ्याङ्क अनुसार नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो पहिचान बनाउँदै मुलुकको व्यापार घाटा न्यूनीकरणमा समेत उल्लेखनीय योगदान पु¥याइरहेको छ । बोर्डका कार्यकारी निर्देशक फइन्द्रराज पाण्डेका अनुसार यो लामो यात्रामा चिया क्षेत्रले थुप्रै आरोह–अवरोह खेपे पनि हाल यो क्षेत्र हजारौँको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनेको छ ।

बोर्डले उपलब्ध गराएको आर्थिक वर्ष २०८१/८२ को पछिल्लो तथ्याङ्क अनुसार नेपालमा चिया खेतीको आयतन र उत्पादन दुवैमा सुधार देखिएको छ । हाल नेपालभर कुल २० हजार ६०२ हेक्टर जमिनमा चिया खेती भइरहेको छ । यो क्षेत्रफलबाट वार्षिक २ करोड ६१ लाख २३ हजार १११ किलो तयारी चिया उत्पादन भएको छ । चिया क्षेत्रमा १५ हजार १३२ जना साना कृषकहरू प्रत्यक्ष रूपमा आबद्ध छन् । देशभर १७० वटा ठुला टि–स्टेट र साना तथा मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरू सञ्चालनमा रहेका छन् । चिया बगानदेखि प्रशोधन केन्द्रसम्म गरी नेपालमा करिब ६० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । यसले विशेष गरी ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि चलायमान बनाउन ठुलो भूमिका खेलेको छ ।

नेपालको चिया उत्पादनको मुख्य केन्द्र कोशी प्रदेश हो । तथ्याङ्क अनुसार झापा जिल्ला उत्पादनको हिसाबले सबैभन्दा ठुलो जिल्ला हो । झापामा मात्र १० हजार ३४० हेक्टर जमिनमा खेती भई १ करोड ९५ लाख ६६ हजार ७९५ केजी चिया उत्पादन भएको छ, जसको ठुलो हिस्सा सिटिसी चियाको छ । त्यसैगरी इलाम जिल्ला अर्थोडक्स र ग्रीन–टीका लागि प्रख्यात छ । इलाममा ७ हजार ३०९ हेक्टर जमिनबाट ६२ लाख ९१ हजार ३७३ केजी चिया उत्पादन भएको छ । इलाममा साना किसानहरूको सहभागिता सबैभन्दा बढी ७ हजार ६७४ जना रहेको छ । पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ जस्ता पहाडी जिल्लाहरूले पनि गुणस्तरीय अर्थोडक्स चिया उत्पादनमा आफूलाई अब्बल सावित गरेका छन् । पछिल्लो समय भोजपुर, दोलखा, नुवाकोट र कास्की जस्ता जिल्लाहरूमा पनि व्यावसायिक चिया खेती विस्तार भइरहेको छ ।

नेपाली चियाको सबैभन्दा सबल पक्ष यसको निर्यात हो । बोर्डको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्र नेपालले १ करोड ५५ लाख ९८ हजार ६६० किलो चिया निर्यात गरेको छ । यसबाट नेपालले ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । तुलनात्मक रूपमा चियाको आयात भने निकै न्यून छ । सोही अवधिमा नेपालमा १ लाख १३ हजार ३७२ किलो चिया मात्र आयात भएको देखिन्छ, जसको मूल्य ९ करोड २ लाख ९० हजार रुपैयाँ रहेको छ । विगत ६ वर्षको निर्यात अवस्थालाई हेर्दा २०७५/७६ देखि २०८१/८२ सम्म निर्यातको परिमाण र मूल्यमा क्रमिक वृद्धि भएको देखिन्छ । २०७५/७६ मा ३ अर्ब २० करोडको निर्यात भएकोमा अहिले त्यो बढेर साढे ४ अर्ब माथि पुग्नुले नेपाली चियाको माग विश्व बजारमा बढ्दै गएको पुष्टि गर्छ । नेपाली चिया क्षेत्रले केही गम्भीर चुनौतीहरूको सामना पनि गरिरहेको छ । बोर्डको प्रतिवेदन अनुसार नेपालबाट निर्यात हुने कुल चियामध्ये ८६ प्रतिशत हिस्सा भारतमा जाने गरेको छ । एउटै बजारमा यति धेरै निर्भरता हुनु जोखिमपूर्ण मानिन्छ । भारतीय बजारमा हुने सानो फेरबदल वा अवरोधले नेपाली चिया क्षेत्रलाई नै धराशायी बनाउने जोखिम रहन्छ ।

बोर्डले ‘बजार विविधीकरण’ लाई प्राथमिकतामा राखेको छ । भारत बाहेक तेस्रो मुलुकहरू जस्तै जर्मनी, अमेरिका, जापान, चीन र खाडी मुलुकहरूमा नेपाली अर्थोडक्स चियाको सिधा पहुँच पु¥याउन आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता देखिएको छ । नेपाली चियाको अन्तर्राष्ट्रिय पहिचानका लागि गुणस्तर प्रमाणीकरण सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । बोर्डले नेपालमा खाद्य प्रविधि प्रयोगशालाको सबलीकरण गर्नुपर्नेमा जोड दिएको छ । आफ्नै मुलुकमा अत्याधुनिक प्रयोगशाला र अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण प्रणाली भएमा नेपाली चियाले अझ बढी मूल्य पाउन सक्ने र युरोपेली बजारमा सजिलै प्रवेश पाउने देखिन्छ । सरकारले चिया क्षेत्रलाई ‘निर्यातको प्राथमिकता’ मा राखे पनि सरोकारवालाहरूले अझै धेरै काम गर्न बाँकी रहेको औँल्याएका छन् । सिँचाइको समस्या, आधुनिक प्रविधिको अभाव, श्रमिक समस्या र बढ्दो लागत चिया क्षेत्रका मुख्य तगाराहरू हुन् । तथापि, बोर्डले अघि सारेको ‘स्वस्थ चिया, दिगो बजार’ को अवधारणाले यी समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

निजी क्षेत्रको अथक प्रयास र सरकारको समन्वयकारी भूमिकाका कारण नेपाली चिया विश्व बजारमा एउटा ‘ब्राण्ड’ को रूपमा स्थापित हुन थालेको छ । नेपालमा चिया खेतीको इतिहास १९२० देखि सुरु भएको हो । तत्कालीन बडाहाकिम कर्नल गजराज सिंह थापाले चीन भ्रमणबाट फर्कँदा उपहार स्वरूप प्राप्त गरेको चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा औपचारिक रूपमा चिया खेतीको जग बसेको थियो । सुरुवाती दिनमा सौख र घरायसी प्रयोजनमा सीमित चियाले आज डेढ शताब्दी पार गर्दा नेपालको प्रमुख निर्यातजन्य नगदे बालीको रूपमा आफूलाई स्थापित गरिसकेको छ ।

ShareTweetPin
अघिल्लो समाचार

मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं

अर्को समाचार

मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ

अर्को समाचार

मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी
  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी
  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.