Saturday, July 18, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

भारतीय गोदाममै थन्कियो नेपाली चिया

ग्रीन इलाम ग्रीन इलाम
July 5, 2026
भित्र सामाजिक सञ्जाल, अर्थ, मुख्य समाचार
Reading Time: 1 min read
0 0
A A
0
A group of people loading green tea leaves into a blue truck in a lush green tea garden setting. A man in a tan shirt and patterned hat lifts a large blue bag filled with tea leaves while another man in a gray shirt assists from the truck. Two people, one in a purple shirt and headscarf and another in a plaid shirt and white hat, help load the bag into the truck. In the background, several other individuals are standing around, some near a small metal-roofed structure. The scene is outdoors with trees and green foliage.
Share on FacebookShare on Twitter

A group of people loading green tea leaves into a blue truck in a lush green tea garden setting. A man in a tan shirt and patterned hat lifts a large blue bag filled with tea leaves while another man in a gray shirt assists from the truck. Two people, one in a purple shirt and headscarf and another in a plaid shirt and white hat, help load the bag into the truck. In the background, several other individuals are standing around, some near a small metal-roofed structure. The scene is outdoors with trees and green foliage.

काठमाडौँ । नेपालबाट भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा फेरि अवरोध सिर्जना भएको छ। भन्सार प्रक्रिया पूरा गरी भारत पुगेको चियालाई भारतीय आयातकर्ताहरूको गोदाममै रोकेर बिक्री–वितरण गर्न नदिइएपछि नेपाली चिया क्षेत्र पुनः समस्यामा परेको हो।नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष एवं चिया निर्यातकर्ता शिवकुमार गुप्ताका अनुसार नेपाल र भारत दुवैतर्फका भन्सारबाट जाँचपासलगायत आवश्यक प्रक्रिया पूरा गरेर पठाइएको चिया भारतीय आयातकर्ताको गोदाममा पुगेपछि रोकिने गरेको छ। भारतीय चिया बोर्डले त्यहाँका आयातकर्ताहरूलाई नमुना परीक्षणको रिपोर्ट नआएसम्म चिया बिक्री नगर्न निर्देशन दिएपछि चिया गोदाममै थन्किएको हो। नेपालबाट विश्व व्यापार संगठन (डब्लुटीओ) को मापदण्ड र गुणस्तर अनुरूप प्रयोगशाला परीक्षण गरेरै चिया निर्यात हुने गर्दछ। यसअघि भारतीय प्रयोगशालाबाट स्वीकृत भएको नमुना परीक्षणको रिपोर्टले तीन महिनासम्म वा निश्चित परिमाणसम्मको चिया निर्यातका लागि मान्यता पाउने गरेको थियो। तर, अहिले भारतीय चिया बोर्डले आयातकर्ताहरूलाई हरेक पटकको ढुवानीमा अनिवार्य नमुना परीक्षणको रिपोर्ट कुर्नुपर्ने र रिपोर्ट नआएसम्म चिया बिक्री गर्न नपाउने नियम लगाएको छ। कानुनी रूपमा नेपाली चियामाथि पूर्ण प्रतिबन्ध नलगाइए पनि भारतीय चिया बोर्डले घुमाउरो तरिकाले नेपाली चियाको आयातलाई निरुत्साहित गर्न खोजेको उपाध्यक्ष गुप्ताको आरोप छ। भारतीय चिया उत्पादकहरूको दबाबका कारण त्यहाँको बोर्डले आफ्नो आन्तरिक उत्पादनलाई संरक्षण गर्न यस्तो कडा नीति लिएको नेपाली निर्यातकर्ताहरूको बुझाइ छ।

  • व्यवसायीलाई दोहोरो मार

भारतीय आयातकर्ताहरूले चिया प्राप्त गरी आफ्नो गोदाममा राखेर बिक्री गरेपछि मात्रै नेपाली व्यवसायीलाई भुक्तानी दिने गर्दछन्। तर, सिलिगुढी र कोलकाता लगायतका क्षेत्रमा रहेका भारतीय गोदामहरूमा चिया रोकिएर बिक्री हुन नसकेपछि नेपाली निर्यातकर्ताहरूले समयमै भुक्तानी पाउन सकेका छैनन्। चिया रोकिने डरले भारतीय आयातकर्ताहरू स्वयं पनि नेपालबाट चिया किन्न हच्किरहेका छन्।

अर्कोतर्फ, नेपालको चिया क्षेत्र अहिले आन्तरिक रूपमै पनि संकटबाट गुज्रिरहेको छ। यस वर्ष चिया बगानहरूमा ‘लुपर’ नामक कीराको प्रकोप अत्यधिक बढेका कारण हरियो चियापत्तीको उत्पादनमा ठुलो ह्रास आएको छ। धेरैजसो चिया उद्योगहरू बन्दप्रायः छन् भने मौज्दात निकै न्यून छ। यस्तो विषम परिस्थितिमा स्वदेशमा मुस्किलले उत्पादित चियाले पनि बजार नपाउँदा र निर्यात गरिएको चियासमेत भारतीय गोदाममै थन्किँदा नेपाली व्यवसायीहरू दोहोरो मारमा परेका छन्।
Ratopati
Tags: काठमाडौँचिया निर्यातनेपाल चिया उत्पादक संघनेपालको चिया क्षेत्रनेपाली चियाभारतीय आयातकर्ताभारतीय गोदामभारतीय चिया बोर्डमेरो मेचीनगरशिवकुमार गुप्ता
ShareTweetPin
अघिल्लो समाचार

इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

अर्को समाचार

मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

अर्को समाचार
Nepali parliamentarian Rolina Limbu Subba speaking into a microphone while holding papers, surrounded by fellow parliament members in a formal meeting setting.

मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.