Saturday, July 18, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र Uncategorized
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

Sharod Subba, one of the four brothers operating Jasbire Tea Processing Industry, is manually sorting green tea leaves in a wooden tray. He is crouched down, focused on his work, with a woven bamboo tray on the left. The setting appears to be a rustic, concrete-walled room with natural daylight.

इलाम – विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल एक परियोजनाका सिलसिलामा इलामको जस्बिरे आइपुग्दा उनले स्थानीयलाई आलुखेती मात्र सिकाएनन्, चिया रोप्न पनि प्रेरित गरे । रिसालले रोपिदिएको त्यही चियाको बिरुवा अहिले सुब्बा परिवारका लागि मात्र नभई यो क्षेत्रकै लागि एउटा बलियो ‘ब्रान्ड’ बनेको छ ।

इलाम नगरपालिका–४ का सूर्य सुब्बाका चार छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ अहिले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सफल भएको छ । १४ लाख रुपैयाँबाट सुरु भएको यो उद्योगमा हाल ८ करोड रुपैयाँ लगानी पुगिसकेको छ ।

सुब्बाका जेठा छोरा गृष्म बजार व्यवस्थापन हेर्छन् भने माइला शरद् नेपालकै ‘बेस्ट टी मेकर’ का रूपमा सम्मानित भइसकेका छन् । उनले ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा उत्कृष्ट चिया उत्पादकको अवार्ड जितेका थिए । त्यस्तै साहिँला छोरा निर्विकल्प प्राविधिक पक्ष र कान्छा विकल्प अस्ट्रेलियामा बसेर अन्तर्राष्ट्रिय बजारीकरणको काम सम्हाल्छन् ।

यो उद्योगले हाल ६० रोपनी आफ्नै र ४ सय रोपनी भाडाको जमिनमा चियाखेती गरिरहेको छ । यसका अतिरिक्त गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने चिया पनि यही उद्योगले खरिद गर्दै आएको छ । वार्षिक ३० हजार केजी अर्थोडक्स चिया उत्पादन गर्ने यो उद्योगले यस वर्षदेखि १ लाख केजी पुर्‍याउने लक्ष्य राखेको छ ।

यहाँ उत्पादित सुनकेसरी, रेडपान्डा र कोठीडाँडा ब्युटीलगायत ३५ भन्दा बढी प्रकारका अर्गानिक चिया अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड्स र जर्मनीसम्म निर्यात हुन्छ । विशेषगरी ‘स्पेशल टी’ को माग विश्व बजारमा उच्च छ । उद्योगले प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्ने चिया अनलाइन पोर्टल ‘दराज’ मा ३५ हजार र विदेशमा १ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको सञ्चालकहरू बताउँछन् ।

सफलताको यो यात्रा सहज भने थिएन । २०८१ फागुन १३ मा विद्युत् सर्ट भई आगलागी हुँदा उद्योगका भौतिक संरचना र तयारी चिया गरी ८ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । “शून्यबाट उठ्नुपर्ने अवस्था आएकाले अहिले ४ करोड रुपैयाँ बैंक ऋण छ,” माइला छोरा शरद्ले भने । आगलागीको ठूलो धक्का व्यहोरे पनि सुब्बा परिवार पुनः तङ्ग्रिएर उद्योग विस्तारमा जुटेको छ ।

नगरप्रमुख केदार थापा जस्बिरे चिया उद्योगलाई जिल्लाकै सफल र उदाहरणीय उद्यम मान्छन् । “आफ्नै बलबुता र निरन्तरको अध्ययनले उहाँहरू स्थापित हुनुभएको हो,” उनले भने । सञ्चालक गृष्मका अनुसार सरकारले अनुदानभन्दा पनि नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गरिदिए उद्योगीहरूलाई ठूलो राहत पुग्नेछ ।

ShareTweetPin
अघिल्लो समाचार

दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश

अर्को समाचार

३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

अर्को समाचार

३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.