
इलाम, ६ कार्तिकः प्रधानमन्त्री शेरबहादुर देउवा भोलि इलाम आउने भएका छन् । बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि देउवा इलाम आउन लागेका हुन् । इलामका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा इलाम आउने कार्यक्रम रहेको जानकारी दिए । त्यसका लागि देउवा बिहान ८ बजे काठमाडौंबाट प्रस्थान गर्नेछन् । चापागाईका अनुसार प्रधानमन्त्री देउवाले इलाम, पाँचथर र सुनसरीमा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्नेछन् ।


