इलाम, १६ साउनः इलाम अस्पतालबाट बिहीबार प्रहरीको हतकडी फुस्काएर भाग्ने अभियुक्त शुक्रबार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय इलाम ल्याईएका पाँचथर जिल्ला कुम्याक गाउँपालिका वडा नं. १ का किरण तिखत्रीलाई इलाम नगरपालिका वडा नं. १ पुवाखोलाबाट पक्राउ गरिएको इलाम प्रहरीले इमेल मार्फत जानकारी दिएको छ । सुर्योदय नगरपालिका वडा नं. १० मा अस्थायी बसोबास गर्दै आएका तिखत्रीलाई खोजीमा गएका प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । निजलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जनाएका छन् ।