जेठ ५, इलाम : आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामको एक घर एक ल्यापटप कार्यक्रम शुरु भएको छ । लकडाउनको समयमा आफ्ना सदस्यका छोराछोरीलाई घरमै बसेर शिक्षा प्रदान गर्न सहयोग गर्ने हेतुले आफ्ना शेयर सदस्यको परिवारलाई ल्यापटप प्रदान गर्न शुरु गरेको हो । यस कार्यक्रम अन्तरगत इलाम नगरपालिका मालापथ निवासी विपिन श्रेष्ठले कार्यक्रमकै पहिलो ल्यापटप कार्यालयबाट बुझेका हुन् । सो डेल कम्पनीको ल्यापटपको क्षमता वान टिबी हार्ड ड्राइभ, फोर जिवी ¥याम, आइ फाइब प्रोसेसर सहित १४ इञ्चको डिस्प्ले रहेको छ ।
संस्थाका व्यवस्थापक याम प्रधानले एक कार्यक्रमविच ल्यापटप हस्तान्तरण गर्दै आफ्ना सदस्यका परिवारलाई शिक्षामा टेवा पु¥याउने हेतुले कार्यक्रम शुरु गरिएको बताए । संस्थाका उपाध्यक्ष प्रविन श्रेष्ठले यस लकडाउनको समयमा एक घर एक ल्यापटप कार्यक्रम सञ्चालन गर्नु अर्थपूर्ण रहेको बताए । सदस्यलाई शैक्षित राहत स्वरुप यस कार्यक्रमको डिजाईन गरिएको उनले बताए ।
कार्यक्रममा सहभागी हुनका लागि संस्थाको शेयर सदस्य भई नियमित बचत गरेको हुनुपर्ने संस्थाले मापदण्ड बनाएको छ । बजार मुल्यको पचास प्रतिशत रकम भुक्तानी गरि मापदण्ड पुरा गरेका शेयर सदस्यको परिवारले एक थान ल्यापटप पाउछन् ।