इलाम, ११ जेठः केही दिन अघि मात्र नेपालको पाम आयलको आयात रोकेको भारतले नेपाली चिया आयात पनि रोक लगाएको छ । नेपाल र भारतबीच सीमा विवाद सुरु भएसँगै भारतले चिया आयात रोकेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार भारतको पछिल्लो कदमपछि मन्त्रालयले भारतलाई नरोक्न आग्रह गर्दै परराष्ट्र मन्त्रालय मार्फत पत्र पठाउन लागिएको छ । मलेसियासँगको विवादपछि भारतले त्यहाँबाट पाम आयात रोक्न कदम चालेको थियो। तर नेपालबाट पनि रोकिएपछि पछि पुनः नेपाललाई खुल्ला गरेको थियो । गत वैशाख तेस्रो हप्ताबाट पाम आयल आयातमा भारतको वैदेशिक व्यापार महानिर्देशनालयले पुनः कडाइ गरेको थियो । भारतमा खपत हुने पाम आयलमा नेपालबाट २ प्रतिशत बराबरको निर्यात हुँदै आएको छ । त्यस्तै व्यापार तथा निकासी प्रर्वधन केन्द्रका अनुसार नेपालले सन् २०१९ मा ६३ करोड रुपैयाँको चिया भारत निर्यात गरेको थियो । नेपालले भारतमा चार प्रकारका चिया निर्यात गर्दै आएको छ ।