Monday, June 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

प्रचार प्रसार नहुँदा ओझेलमा परेको मकरजुङ्ग गाउँ

ग्रीन इलाम ग्रीन इलाम
September 16, 2024
भित्र पर्यटन-उड्डयन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
सोह्र श्राद्ध असोज २ गते शुरु हुँदै, कुन तिथिको श्राद्ध कहिले ?
Share on FacebookShare on Twitter

इलाम, ३१ भदौः सूर्योदय नगरपालिका-१० फिक्कल बजारस्थित मेची राजमार्गबाट छ किलोमिटर पूर्व मकरजुङ्ग गाउँ छ। यहाँबाट सात घण्टाको पैदल यात्रामा लोपोन्मुख रेडपाण्डा (हाब्रे) पाइने थुम्के पुगिन्छ। यहाँ रेडपाण्डा, थरिथरिका चरा, वनस्पतिको अध्ययन गर्न तथा सूर्योदय र कञ्चनजंघा हिमाल नियाल्न पर्यटक पुग्ने गर्दछन्।
पर्यटकको बसोबासका लागि आठ वटा घरमा घरबास (होमस्टे) सञ्चालित छन्। एउटा हामेस्टेमा छ देखि १५ जनासम्म बस्ने व्यवस्था मिलाइएको होमस्टे सञ्चालक रविन बुढाथोकीले बताए। उनका अनुसार सम्भावना भएर पनि भौगोलिक कठिनाइका कारण ओझेलमा परेको थुम्केको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक सय २० जनाले दुई दिनको पदयात्रा आज सम्पन्न गरेका छन्।
राष्ट्रिय युवा संघ सूर्योदय नगर कमिटी र १ नं वडा कमिटीको अगुवाइमा आयोजित पदयात्रामा वाइल्ड लाइफ फोटोग्राफर, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र युवाको सहभागिता थियो।
“दुई हजार तीन सय मिटरको उचाइमा रहेको थुम्केमा रेडपाण्डा पाइनुका साथै सूर्योदयको झुल्केघाम देखिन्छ। आठ हजार पाँच सय ८६ मिटिरको कञ्चनजंघा हिमाल देख्न सकिन्छ”, पदयात्रा आयोजक समितिका अध्यक्ष सन्देश खड्काले भने, “बस्ती पातलो छ। घना जंगल भएकाले यहाँ लेकाली क्षेत्रमा प्रशस्त जडीबुटी पाइन्छन्।” सूर्योदय-१ ठूलो भूगोल भएकाले मकर्जुङ्गबाट अन्तिम सीमा लामीधुरासम्म पुग्न सहज यातायातको व्यवस्था नहुँदा पर्यटकलाई सास्ती हुने गरेको उनको बुझाइ छ।
“भारतीय बाटो भएर आउने भारत, भुटान, बंगलादेशलगायत देशका पर्यटकलाई केही सकज छ। नेपाली र नेपाली बाटो प्रयोग गरी यहाँ पुग्ने पर्यटकलाई भने यात्रा जोखिमपूर्ण नै छ”, अध्यक्ष खड्काले भने।
यो क्षेत्रमा दुर्लभ चरा र जनावरहरु पाइने भएकाले पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँका रुपमा रहेको चरा खोजकर्ता देवेन्द्र खरेलले बताए। “दुई वर्षअघि मैले यहाँ सीमधापमा रुप्स नेक्ड हर्नबिल (नेपाली नाम हङ्रायो) फेला पारेको थिएँ”, उनले भने, “लोप भएका चरा एक सय ९२ वर्षपछि विसं २०७८ पुस ६ गते फेला परेको थियो। अझै पनि यो घना जंगलमा थुप्रै चरा भेटिन्छन्। केही दिन बास बसेरै खोज्नुपर्छ।”


सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा ओझेलिएको पर्यटकीय क्षेत्रलाई उजागर गर्न ठूलो सङ्ख्यामा पदयात्रा आयोजना गरिएको संघका नगर कमिटी अध्यक्ष उदय हाङ फागोले बताए।
“यो क्षेत्र विकास निर्माणमा पछि परेको छ। प्रचारप्रसार र पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन हुन सकेको छैन । यहाँ अथाह सम्भावना छन्”, उनले भने, “हामीले स्थानीय स्तरका सबै दल र तिनका भातृसङ्घठनको साथ पायौँ। यो कार्यक्रम सबैको साझा प्रयासमा आयोजना भएको हो । हाम्रो यो प्रयास थुम्केको मुहार फेर्न पहिलो खुड्किलो बन्नेछ।”
थुम्केबाट दुई घण्टाको पैदल यात्रामा भारतीय सीमाक्षेत्र लामिधुरा पुगिन्छ। पदयात्रीले त्यहाँ पुगेर राष्ट्रिय झण्डा फहराएर ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ गीतसमेत गएका छन् ।
सबै जातजातिको साझा बसोबास भएको ठाउँ भएकाले सूर्योदय-१ संस्कार, संस्कृतिमा धनी रहेको वडाध्यक्ष राजकुमार शेरेङले बताए । उनका अनुसार यहाँ क्षेत्री ब्राह्मण, राई लिम्बू, दमाईंकामी, लोपोन्मुख जाति लेप्चा र थामी समुदायको बसोबास छ। वडाध्यक्ष शेरेङले भने, “मकर्जुङ्गको सिंह बाहिनी मन्दिर, गोर्खेको राम मन्दिर, बाङ्गिनमा थामी जातिको भुमेथान, साकेला मन्दिरलगायत आआफ्नै जातीका फरक देवालय छन् । सहिस्णुता र सामाजिक सदभावमा हामी एककदम अगाडि छौं।”
पदयात्राका क्रममा समथर मकर्जुङ्ग गाउँको सिंह बाहिनी मन्दिर र सप्तऋषि, सीमधापको नागमन्दिर, बाङ्गिनको सेडुप छ्यार खोलिङ गुम्बा, चुम्लुङ, मिलनचोक, चियाबारी डाँडा (मगर गाउँ), भुमेथान, थुम्के, लामिधुरा भएर गोर्खेको देवी मन्दिर, राममन्दिर र यहाँको ऐतिहासिक महत्वका बारेमा जानकारी दिइएको युवा संघ नगर कमिटीका उपाध्यक्ष प्रमोद सापकोटाले जानकारी दिए। पदयात्रीलाई विभिन्न टोलले विभिन्न जातजातिका झाँक्री प्रदर्शन गरेर खाँदा माला र अबिरले स्वागत तथा सत्कार गरेका थिए । उनीहरुले यति ठूलो सङ्ख्यामा यात्रा गराएर पर्यटन प्रववर्द्धनमा टेवा पुर्याइदिएको भन्दै युवा संघलाई धन्यवाद दिएका छन्। डिसी नेपालबाट

 

ShareTweetPin
अघिल्लो समाचार

सोह्र श्राद्ध असोज २ गते शुरु हुँदै, कुन तिथिको श्राद्ध कहिले ?

अर्को समाचार

इलाममा हाम्लाई खुच्चिङ, तर टाउको लुकाउनु पर्ने छैन : रवि लामिछाने

अर्को समाचार
इलाममा हाम्लाई खुच्चिङ, तर टाउको लुकाउनु पर्ने छैन : रवि लामिछाने

इलाममा हाम्लाई खुच्चिङ, तर टाउको लुकाउनु पर्ने छैन : रवि लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.