इलाम २१ भदौः जिल्ला प्रहरी कार्यालय इलामको लागु औषध नियन्त्रण अभियान अन्तर्गत २०८१/०५/२० गते अन्दाजी १६ः३० बजे माई नगरपालिका ३ गोलटार शितलीबाट महमाई जाने सडकमा चेकजाँचको क्रममा शंका लागेर जाँच गर्दा मे१ज १३०६ नं को सवारी साधनमा यात्रारत माई न.पा.-१ सधुवा बस्ने तिर्थ गिरी पक्राउ परेका छन् । निजको साथबाट लागूऔषध खैरो हिरोइन अन्दाजी १८२० मिलिग्राम बरामद गरिएको छ। निजलाई पक्राउ गरी यसै सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ ।