दक्षिण कोरियास्थित नेपाली राजदुतावासले हरेक वर्ष मनाउने राष्ट्रिय दिवसहरुमा विशिष्ठ व्यक्तिहरुलाई आमन्त्रण गर्ने र आमन्त्रित विषेश व्यक्तिहरुलाई मात्र उपहार वितरण गरिन्छ । जसले उक्त सामाग्रीहरुको प्रचार हुनुका साथै कोरियाका लगानीकर्ताबाट लगानी गर्ने अवसर रहन सक्छ । अतः विभिन्न अवसरहरुमा आमन्त्रण गरिने पाहुनाहरुलाई उपहार वितरण गर्ने प्रयोजनका लागि इलामबाट उत्पादित हुने सामाग्रीहरु पठाईदिने व्यवस्था मिलाउनका लागि दक्षिण कोरियास्थित नेपाली राजदुतावासबाट इलाम नगरपालिकालाई पत्राचार भएको छ । यस कार्यमा ईच्छुक हुनुहने कृषक, समूह, सहकारी, फर्महरुलाई यो जानकारी गराईन्छ ।