इलाम ८ बैसाख : नेपालटार इलामका राजु पाँचकोटीको दुवाईमा मृत्यु भएपछि उनको मृत शरिर अलपत्र परेको छ । २०७६ चैत ८ गते नै उनको दुवाईमा मृत्यु भएको हो । मृत शरीर एक महिनासम्म ल्याउन नसकेपछि ल्याउनका लगि सरकारलाई परिवारजनले सहयोगको याचना गरेका छन् । सबै स्थानीय निकायमा पहल गर्दा पनि लकडाउनको समस्याको उत्तर मात्र उनीहरुले पाईरहेका छन् । लकडाउन र अन्तराष्ट्रिय हवाई बन्द भएका कारण मृत शरिर ल्याउन समस्या परेको हो । उनको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा त्यहाँको सरकारले अनुसन्धान गरिरहेको परिवारलाई हालसम्म जानकारी छ । परिवारजनले भने मृत्युको अनुसन्धान हुनुपर्ने माग मृतकका बुवा पदम बहादुर पाँचकोटीले राखेका छन् ।
मृतककी आमा सरस्वती पाँचकोटीले रुदै ग्रीन इलामलाई भनिन्, यदि अमेरिका या नेपालबाहेक कुनै देशको नागरिक भएको भए त्यस देशको सरकारले तत्काल आफ्नो देशमा ल्याइसक्थ्यो, हामी त नेपाली परिम्, खै कसरी ल्याउने ? उनले थपिन्, ‘जिउदो त ल्याउन सकिएन, सके सम्म चाँडो मरेकै लास भएपनि ल्यादियोस् न कसैले ।’ राजुको ८ बर्षको एक छोरी छिन् । अन्तराष्ट्रिय हवाई सेवा नेपाल सरकारले खोल्ने वित्तिकै लास पठाइदिने राजु कार्यरत कम्पनी एलएलसीले परिवारलाई जानकारी दिएको मृतकका भाई दिनेशले जानकारी दिए । उनले भने, ‘चुरोट त्यागेर रोगसँग डराउनले मेरो दाजुले कुनै हालतमा यस्सै मृत्यु भएको छैन । हालसम्म हामीलाई आत्महत्या भनिएको छ । त्यसको छननविन गर्न पनि सरकारले पहल गरोस् । अहिलेलाई मसँग भएको जानकारी यति नै हो ।’ ३ दिन अघिसम्म मात्र परिवारसँग उनले सम्पर्क राखेका थिए ।